यस्तो बेलामा चरम यौन उत्तेजनामा हुन्छन किशोरीहरु ! [कसरी बढ्छ युवत्तिको यौन उत्तेजना ?]


काठमाडौं । आखिर महिलाहरु कुन बेला यौन सम्बन्धको लागि तयार हुन्छन ? युवावस्थामा यो कुरा सबैंको मनमा खेलिरहेको हुन्छ । एउटा के मान्यता रहेको छ भने, महिनावारी चक्रमा डिम्ब निस्कासन भइसकेपछि वा महिनावारी भएको करीब दुई हप्तादेखि सुरु भएर महिनावारी हुँदा रक्तस्राप नभएसम्म आइपर्ने शारीरिक र संवेगात्मक समस्याहरूलाई नै महिनावारी हुनु पूर्वका समस्याहरूको रूपमा लिने गरिन्छ ।

झनक्क रिस उठ्ने, दिक्क लाग्ने, चिन्ता लाग्ने, कहिले खुसी कहिले बेखुशी मन हुने, मन चुलबुल हुने जस्ता संवेगात्मक समस्याहरू देखि थकाई लाग्ने, स्तन दुख्ने, निद्रा बिग्रने, तौल बढ्ने, डण्डीफोर आउने, पेट फुल्ने जस्ता अनेकौं किसिमका शारीरिक समस्याहरू देखा पर्छन् ।

महिनावारी हुनुपूर्व किशोरी तथा युवा अवस्थाका महिलाहरूमा देखिने यस्ता अनेक थरी झन्झट वा समस्याहरूलाई सन् १९५३ देखि महिनावारी पूर्वका समस्याहरूको रूपमा लिन थालिएको हो । यी मध्ये कुनै न कुनै समस्या अनुभव गर्ने महिलाहरू ८० प्रतिशत हुन्छन् । २०–३० प्रतिशतलाई समस्या नै आइलाग्छ र करीब २–६ प्रतिशतलाई जटिल प्रकृतिका समस्याहरू हुन्छन् ।

आजसम्म महिनावारी हुनु पूर्व यस्ता समस्याहरू किन हुन्छन ? भन्ने बारेमा खास कारणहरू पत्ता लगाउन नसकिएको भए पनि वैज्ञानिकहरूले अनुमान लगाए अनुसार यौनजन्य हर्मोन र स्नायुप्रणालीबाट देखा पर्ने रासायनिक पदार्थहरू बीच हुने अनमेल अर्थात प्रतिकृया हुने भएकाले यस्तो अवस्था भएको मानिदै आएको हो । महिनावारी पूर्व देखिने समस्याहरू अन्य रोगहरूसँग पनि मिल्दाजुल्दा हुन सक्छन् ।

उदाहरणको लागि डिप्रेशन भएको विरामी वा थाइरोइड हर्मोनको कमी भएको व्यक्तिमा पनि माथि उल्लेखित समस्याहरू नै देखिन्छन् । तर यस्ता समस्याहरूले महिनावारीसँग केही सम्बन्ध राख्दैनन् । यसमा फरक के छ भने महिनावारी पूर्वका देखापर्ने ती समस्याहरू चाहिँ महिनावारी हुने वित्तिकै आफसे आफ निको भैहाल्छन् ।

महिनावारी पूर्वका समस्याहरूका खास कारण नै पत्ता नलागेको हुनाले यसको खास उपचार पनि छैन तर भिटामीन बी–६, भिटामीन ‘ई’, क्याल्सियम र म्याग्नेशियम खानाले केही हदसम्म आराम भएको विज्ञहरूको दाबी छ ।

अलिक जटिल प्रकृतिका समस्याहरूलाई भने जटिलताका आधारमा चिकित्सकको सल्लाहमा औषधि खान सकिन्छ । लगातार रूपमा शारीरिक अभ्यास गर्ने, साथी तथा परिवारको सहयोग र सान्त्वना पाइरहने । हरियो सागसब्जी फलफूलहरू प्रशस्त खाने र जीवनका बारेमा सकरात्मक तरिकाले सोच्ने व्यक्तिहरूमा यस्तो समस्या कमै पाइन्छ ।

त्यसैगरी, महिनावारी पूर्व नूनको मात्रा घटाउने, सुर्ती चुरोट र मादक पदार्थ सेवन नगर्ने, चिनीको मात्रा घटाउने गर्नाले पनि यस्ता समस्याहरूबाट छुट्कारा पाउन सकिने कुरा यस क्षेत्रका विज्ञहरूको दाबी छ ।

यौनिकताका धेरै पक्षमध्येको एक शारीरिक तथा मानसिक परिवर्तनकै सेरोफेरो मा हुन्छ । यौनिक परिपक्वताको शुरुवात किशोरावस्थाबाट हुने भएतापनि यससम्बन्धी प्रणालीको गर्भावस्थाबाट नै भएको हुन्छ ।

जन्मिसकेपछि बच्चाको बृध्दिविकासमा यौन तथा प्रजजन् प्रणालीको विकास निकै पछिबाट मात्र शुरु भएको हुन्छ । यौन तथा प्रजनन प्रणालीको विकास हुन आवश्यक हर्मोनहरूको उत्पादन गर्नका लागि मस्तिष्कमा हाइपोथालमस र पिट्युटरी ग्रन्थि पहिले देखि नै तयार भएर बसेको हुन्छ ।

समय बित्दै जाँदा हाइपोथालमस ग्रन्थीले पिट्युटरी ग्रन्थीलाई हर्मोनहरूको उत्पादन गर्न प्रेरित गराउँन थाल्दछ । त्यही अनुसारले पिट्युटरीले यौन तथा प्रजनन् प्रणालीमा यौनाङ्गहरूको वृद्धि र विकासका लागि आवश्यक हर्मोनहरु उत्पादन गर्छ ।

जस अनुसार डिम्बासयलाई डिम्ब उत्पादन गर्न, पाठेघरको विकास गर्न, स्तनको वृद्धि विकास गर्न र शरीरमा समग्र वृद्धि विकास गर्न आवश्यक मद्दत गरेको हुन्छ । यी हर्मोनहरुलाई नै ‘यौन हर्मोन’ पनि भनिन्छ किनभने यौनिक परिपक्वता ल्याउन यी हर्मोनहरुको विशेष भूमिका हुन्छ ।

किशोरीहरुमा आउने यौनिक परिपक्वताको महत्वपूर्ण सङ्केत त महिनावारी हुनु नै हो । तर त्यति मात्रै होइन, स्वर परिवर्तन हुनेदेखि स्तन बढ्ने, रौंहरु आउने, पसिना आउने र शरीर हलक्क बढ्नेसम्म पर्छ ।

किशोरावस्थामा पुग्ने बित्तिकै शरीरको विकास त्यसमा पनि खासगरी योनीको विकास चाँडो हुन्छ । किशोरीहरुमा किशोरहरुको दाँजोमा शरीरको वृद्धि–विकास २ वर्ष चाँडो हुन्छ । त्यसैले १२ वर्षकी किशोरी र १४ वर्षको किशोरको शारीरिक विकास समान देखिन्छ ।

यहाँनेर ख्याल गर्नुपर्ने कुरा चाहिं, शरीरको विकास हुँदा सबै अङ्गहरु एकैचोटि विकास हुँदैनन् । उदाहरणको लागि खुट्टाको वृद्धि गोडा र तिघ्राको भन्दा छिटो हुन्छ । त्यसलै शरीरभन्दा खुट्टा ठूलो देखिन्छ । जसका कारण कहिलेकाँही केटाकेटीहरुमा हीनताबोध भइरहेको हुनसक्छ ।

त्यसैगरी उचाइ वृद्धिमा पनि किशोरावस्थामा जति बढेको हुन्छ, त्यहीं दरमा वयस्क अवस्थामा हुँदैन । उचाइ वृद्धिको निर्धारण वंशानुगत गुणमा भर पर्दछ । यसको मतलव किशोरावस्थामा अग्लो होलाजस्तो देखिएको मान्छे पनि वयस्क उमेरमा पुड्को देखिन सक्छ ।

किशोरीहरुमा ८ वर्षको उमेरदेखि नै स्तनको वृद्धि र विकास हुन शुरु गर्छ । कसैको १२–१३ वर्षको उमेरसम्म पूर्ण विकास भइसक्छ भने कसैको त्योभन्दा बढी समय लाग्छ । स्तनको विकासमा पनि एउटा सानो र अर्को ठूलो हुने हुनसक्छ ।

स्तन विकासमा एस्ट्रोजन हर्मोन र वंशानुगत गुणको ठूलो प्रभाव रहन्छ । स्तनविकास सँगसँगै योनिको वरिपरि रौंहरु आउने, यौनिको आकार ठूलो हुनथाल्छ । पाठेघरको विकास पनि तीव्र गतिले हुन्छ । स्तनको विकास पूर्ण भइसक्दा महिनावारी शुरु भैहाल्छ ।

यो सबै शारीरिक विकासको लागि सामाजिक–आर्थिक स्थिति, वातावरण, हावापानी, वंशानुगत गुण, पोषण आदि कुराहरुले पनि प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन् । यी बाह्य तत्वहरुले शरीरमा पार्ने प्रभावका कारण शरीरमा उत्पादन हुने यौन हर्मोनहरुको मात्रामा वृद्धि विकास भर पर्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
शिक्षा
अन्तिम समयमा आयोगले शिक्षक नतिजा सच्यायो, अन्र्तवार्तापनि परिवर्तन[जानकारीका लागि सेयरगरौ]
त्रिभुवन विश्वविद्यालय छिर्यो अख्तियार
सबै तहको परीक्षा फारम भर्ने सम्बन्धि त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
छुट्ला है : स्नातकोत्तर तहको परीक्षा फारम भर्नेबारे अत्यन्तै जरुरी सुचना !
व्यवस्थापन संकाय तर्फको परीक्षाफल प्रकाशित [नतिजासहित हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर