मोटोपन देखि लिएर दर्जन बढी रोगको लागि बन्दाको सुप ! यसरी बनाउँनुहोस् सुप ?


काठमाण्डौ । व्यस्त जीवनशैंलीले मानिसलाई अल्छी बनाएको छ । मानिसको अल्छीपनासँगैं मोटोपन पनि एक प्रमुख समस्याको रुपमा द्खिने गर्दछ । आज हामी तपाईलाई असामान्य तरिकाले बढ्दैं गरेको मोटोपनका बारेमा जानकारी दिन गइरहेका छौं ।

के तपाईलाई थाहा छ बन्दा काउलीको सुपले एक हप्तामा शरीरको अनावश्यक बोसोलाई पगालेर तौल घटाउँछ ? छैन भने आज हामी बन्दाको झोल सेवन गरेर जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जानकारी गराउँदै छौं ।

शरीरको अनावश्यक तौल घटाउने यो अचुक बिधिको विशेषता भनेको उपचारको अवधि भर तपाईले जति बेला भोक लाग्छ आफुले चाहे जति बन्दाको सुप खान सक्नुहुन्छ । जति धेरै यो सुप सेवन गर्नु हुन्छ त्यति नै मात्रामा शरीरको क्यालोरी घट्छ किनकि यो सुपमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ ।

वास्तवमा यो सुपले भोजनको काम गर्छ जसमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । अनि यसका कारण तपाईको मेटाबोलिज्ममा बृद्धि हुन्छ र परिणामसरुप तपाईले प्राप्त गरेको क्यालोरी भन्दा तपाईको शरीरको क्यालोरी घटेर जान्छ ।

अझै तपाईले आफ्नो शरीरको विषादी नाश गर्न सक्नुहुन्छ र शरीरलाई चाहेको आकारमा ढाल्न सक्नुहुन्छ । यो उपचार अवधि भर दिन बिराउन भने हुँदैन । यदि तपाई कतै यात्रा गर्दै हुनुहुन्छ वा दिनमा कतै जानुहुन्छ भने थरमसमा यो बोसो पगाल्ने सुप भर्न नबिर्सनुहोस् र आफुलाई आवश्यक परेको बखत सुप बिधि प्रयोग गर्नुहोस् ।

यो बिधिलाई सेकरेड हार्ट मेमोरियल हस्पिटलमा शरीरको तौल धेरै भएका मुटुका बिरामीहरुमा प्रयोग गरिएको थियो । तौल नियन्त्रण भए पछि मात्र अपरेशन गर्नु पर्ने भएकाले यो तौल घटाउने बिधि अपनाईएको थियो जसमा बिधि सफल प्रमानित भयो ।

यो बिधिलाई एड कास्पर एल एस, अकुपंचरीस्ट तथा हर्बलिस्टले समेत आफ्नो क्याबेज सुप फर सेभन डेज टु बर्न फ्याटमा उल्लेख गरेका छन् । साथै लामो अबधि सम्म यो सुप मात्र पिउने गर्नाले शरीरमा कुपोषण लाग्न सक्ने संभावना हुन्छ ।

सुपका लागि चाहिने सरदामहरु स् – एउटा ठूलो बंदा, मसिनो पारेर काट्नुपर्छ – आधा किलो छोडाएको हरियो मटरकोसा – २ वटा हरियो खुर्सानी, काटेको – ६ वटा हरियो प्याज, मसिनो काटेको – आधा किलो गाजर, मसि काटेको – एक पाउ टमाटर, गोलो पारेर काटेको – थोरै नुन – थोरै मात्र मसला सब्जीको मीश्रणलाई एउटा भाँडामा खन्याउनुहोस् ।

यसमा थोरै मसला मिसाउनुहोस् । यसमा आवश्यकता अनुसार पानी मिसाउनुहोस् र यसलाई चुलोमा दश मिनेट सम्म मधुरो आगोमा उमाल्नुहोस् । तरकारी मज्जाले नपाके सम्म उमाल्नुपर्छ ।

पहिलो दिन : सुप र फलफुल मात्र खानुहोस् । पानी तथा कालो चिया चिनि थोरै राखेर पनि सेवन गर्न सकिन्छ । केरा बाहेक सबै प्रकारका फलफुल खान सकिन्छ किनकि केरामा क्यालोरीको मात्रा बढी हुन्छ ।

दोस्रो दिन : अन्य हरियो सब्जी र सुप मात्र सेवन गर्नुहोस् । सुखेको सिमि, भटमास, मकैको सट्टामा हरियो सागसब्जी खानुहोस् । राती सुप सँगै उसिनेको आलु खानुहोस् तर रातको समयमा फलफुल भने खान हुँदैन ।

तेस्रो दिन : बिभिन्न प्रकारका सुप, सागसब्जी तथा फलफलुल खान सक्नुहुन्छ । तर राती आलु खान हुँदैन । तपाईले यो सात दिने तौल नियन्त्रण बिधि तिन दिन सम्म उपयुक्त तरिकाले अपनाउनु भएको छ भने तपाईको शरीरको तौल ४(५ किलो घटेको हुनुपर्छ ।

चौथो दिन : चौथो दिनमा केरा र दुध खाने दिन हो । यी दुबै केरा र दुधमा प्रसस्त मात्रामा क्यालोरी तथा कार्बोहाईड्रेट लुकेको हुन्छ । तर यो चौथो दिनमा तपाईको शरीरलाई पोटासियम, कार्बोहाईड्रेट, प्रोटिन र क्याल्सियमको आवश्यक पर्छ जसले शरीरको प्रक्रियामा गडबड हुनदिदैन ।

पाँचौ दिन : ६/७ वटा टमाटर, छाला नभएको कुखुराको मासु तथा माछा अवश्यकता अनुसार तयार पार्न सक्नुहुन्छ । पानी कम्तीमा पनि ६/८ ग्लास पिउनुहोस् । यसले युरिक एसीडलाई सफा पार्छ । सुप कमसेकम दिनको एक पटक पिउनुपर्छ ।

छैठौं दिन : तपाईले चाहे जति छाला नभएको कुखुराको मासु, सिमि, केराउ, माछा लगायतको सागसब्जी यो छैठौं दिनमा खान सक्नुहुन्छ । तर तारेको आलु भने खान हुँदैन । बंदाको सुप भने यो दिनमा पनि कमसेकम एक पटक पिउन बिर्सिनुहुँदैन ।

सातौं दिन : हरियो सागसब्जी तथा खैरो चामलको भात । फलफुल तथा हरियो सागसब्जी जति खाए पनि हुन्छ । अनि सुप यो दिनमा पनि कमसेकम एक पटक पिउनु पर्छ । डायट प्रोग्राममा सुझाए अनुसारको सल्लाह तपाईले अपनाउनु भएकोले तपाईको शरीरको तौल ७९९ किलो घटेको हुनुपर्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
शिक्षा
प्रबीण तह, स्नातक र स्नातकोत्तरमा पास गर्न नसकेकालाई खुल्यो अन्तिम मौका परीक्षा
त्रिभुवन विश्वविद्यको यस्तो छ स्ववियु निर्वाचनको तयारी
स्नातक दोश्रो बर्षको नतिजा प्रकाशित
कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक [पहिलो दिन अंग्रेजी]
शिक्षक लाइसेन्स बिना पढाउन पाइने
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !