मन्त्रिपरिषद्को बैठकका भर्खरै सार्वजनिक भएका यस्ता छन् १४ महत्वपूर्ण निर्णयहरू


सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रीपरिषद्का निर्णयहरु सार्वजनिक गरेका छन् । पुस १९ गते बिहीबार र पुस २३ गते सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु विहिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो

यस्ता छन् मन्त्रिपरिषदको निर्णयहरु :

  • १. नेपाल विशेष सेवा (अठारौं संशोधन) नियमावली, २०७५ स्वीकृत गरिएको छ ।
  • २. राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरूको मर्यादाक्रम स्वीकृत गरिएको छ ।
  • ३. नेपालगञ्ज (बाँके) रंगशाला परिसरभित्र रहेको दुई कठ्ठा सात धुर जग्गा प्राप्त गर्न राष्ट्रिय खेलकुद परिषद्लाई स्वीकृति दिइएको छ ।
  • ४. सात जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा पदोन्नती गरी पदस्थापन गर्ने र १३ जना महासेनानीलाई सरूवा गर्ने निर्णय गरिएको छ ।
  • ५. दूरसञ्चार (आठौं संशोधन) नियमावली, २०७५ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिइएको छ ।
  • ६. विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ ।
  • ७. भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत सचिवस्तरीय संयुक्त जलस्रोत समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई सचिव डा. संजय शर्मालाई नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी भाग लिन पठाउने निर्णय गरिएको छ ।
  • ८. नेपाल प्रहरी तथा प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ ।
  • ९. गाउँ विकास समिति राष्ट्रिय महासंघ नेपालको संशोधित विधान, २०७४ स्वीकृत गरिएको छ ।
  • १०. झापा जिल्ला महारानीझोडा, लखनपुर, सतासीधाम, शिवगञ्ज, धरमपुर, तोपगाछी क्षेत्रको जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश, २०७५ बमोजिम गठित समितिको अध्यक्षमा शिवसतासीधाम–३, धरमपुर, झापाका श्री राधाकृष्ण खनाललाई र समितिको सदस्यमा हाल गौरादह नगरपालिका–५, झापाका श्री मदन प्रसाद अधिकारीलाई तोक्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ ।
  • ११. रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ स्वीकृत गरिएको छ ।
  • १२. महेन्द्रनगर नगर विकास समिति विघटन गरिएको छ ।
  • १३. स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न विकास समितिहरूमध्ये निम्न विकास समितिहरू संघ अन्तर्गत रहने गरी कायम गरिएको छ– क) कान्ति बाल अस्पताल विकास समिति (गठन) आदेश, २०४० बमोजिम गठित कान्ति बाल अस्पताल, काठमाडाैं । ख) परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल विकास समिति (गठन) आदेश, २०४६ बमोजिम गठित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, काठमाडौं । ग) शुक्रराज ट्रपिकल तथा सरूवा रोग विकास समिति (गठन) आदेश, २०४९ बमोजिम गठित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, काठमाडौं । घ) सिंहदरबार बैद्यखाना विकास समिति (गठन) आदेश, २०५१ बमोजिम गठित सिंहदरबार बैद्यखाना, काठमाडांै । ङ) किटजन्य रोग अनुसन्धान तथा तालीम विकास समिति (गठन) आदेश, २०५६ बमोजिम गठित किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, काठमाडांै । च) मानसिक अस्पताल विकास समिति (गठन) आदेश, २०५९ बमोजिम गठित मानसिक अस्पताल, ललितपुर । छ) नरदेवी आयुर्वेद अस्पताल विकास समिति (गठन) आदेश, २०५९ बमोजिम गठित नरदेवि आयुर्वेद अस्पताल, काठमाडौं । ज) मानव अंग प्रत्यारोपण विकास समिति (गठन) आदेश, २०६८ बमोजिम गठित शहिद धर्मभक्तm मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर । झ) राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समिति (गठन) आदेश, २०६९ बमोजिम गठित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, किर्तिपुर, काठमाडांै ।
  • १४. राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक श्री दिलिपराज रेग्मीको सेवा अवधि तीन वर्ष पुरा भएकाले पुस २३ देखि लागू हुनेगरी निजलाई राष्ट्रिय अनुसन्धान विभागको सेवाबाट अवकास दिने निर्णय गरिएको छ । रिक्त रहने उक्त पदमा विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक श्री गणेशकुमार अधिकारीलाई सोही दिनदेखि लागू हुनेगरी बढुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्

शिक्षा
थेसिस कसरी लेख्ने ? [तरिका सहित] सबै विद्यार्थी एक अर्कामा सेयर गरौँ
अब विश्वविद्यालयका पदाधिकारी लगाम लगाउन बर्खास्त गर्न सक्ने कानुन बन्दै
पढ्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि पढ्न मन नै नलाग्ने : यस्तो छ यो समस्याको समाधान
स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा केन्द्र प्रकाशित
शिक्षा सेवा अन्र्तगतका कर्मचारी समायोजनको यस्तो छ तयारी
हाम्रो सरकार

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी


संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !