काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मूल गेट उत्तरतर्फको पर्खाल तीन वर्षअघि स्थानीयले डोजर लगाएर भत्काइदिए । भत्काउनुको उद्देश्य थियो, विश्वविद्यालयको जग्गा अतिक्रमण गररे घरसम्म गाडी पुग्ने मोटर बाटो खोल्ने । यसको अभियन्ता थिए, नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठ । उनले यो बाटोलाई पिचसमेत गराउन चाहेका थिए । त्रिविले विरोध जनाएपछि सकेनन् । गोरेटो बाटोसमेत नभएको यो ठाउँमा अहिले ठूला गाडी चल्छन् ।

विश्वविद्यालयका उपकुलपति, रेक्टरर रजिस्ट्रारका लागि निर्माणाधीन भवनको पछाडिपट्टि जग्गा मिचेर बाटो बनाइएको हो । त्रिविको जग्गामा बाटोबनाएपछि व्यक्तिगत जग्गा चर्को मूल्य लिएर भाडामा लगाउन र व्यापारिक भवन बनाउन थालिएको छ । बाटो खोलेसँगै घरको कोठासमेत भत्काएर सटर राख्ने क्रम बढेको छ ।

बाटो खोलिएपछि त्रिविले आफ्नो जग्गा छाडेर काँडेतार लगाएको छ । विश्वविद्यालयका पदाधिकारीका अनुसार सरकारबाट बजेट पारेर पर्खाल लगाउने सर्तमा बाटो खोल्न दिइएको हो । ‘धेर प्रयास गर्दा पनि रोक्न सकेनौं,’ एक पदाधिकारीले भने । कुमारी क्लब छेउबाट त्रिविको गेटसम्म समेत यो फराकिलो बाटोबाट सहजै निस्कन सकिन्छ ।

परीक्षा नियन्त्रण कार्यालयबाट नेपाल बैंकतर्फ जाने बाटो पनि त्रिविकै जग्गामा बनाइएको छ । पहिले गोरटो बाटो थियो । अहिले चौडा बनाएर पिच गरिसकिएको छ । गोरटो बाटो भएका ठाउँमा स्थानीयको सुविधाका लागि विश्वविद्यालयको सहमतिमा केही जग्गा लिएर बाटो खोलिएको सांसद श्रेष्ठले बताए ।

‘जनताको हितका लागि बाटो फराकिलो बनाइएको हो,’ उनले भने, ‘बाटो बनाएपछि विश्वविद्यालयले काँडेतार लगाएर योभन्दा यताचाहिँ आउन पाइँदैन है भनिसकेको छ ।खानेपानीको ट्यांकर, दमकलसमेत बस्तीमा सहजै छिर्न सक्ने भएको छ ।’ यस वर्ष केन्द्र, प्रदेश र स्थानीय सरकारबाट पर्खाल लगाउनका लागि बजेट व्यवस्थापन गर्न नसकिएको उनले बताए ।

यो बाटो खुलेपछि बस्तीमा र हेका विश्वविद्यालयका कर्मचारी, प्राध्यापकलगायत प्रँज्ञिक समुदायले समेत सुविधा लिइरहेको उनले दाबी गरे । कर्मचारी भने पदाधिकारी कमजोर हुँदा त्रिविको जग्गामाथि बाघको छालामा स्यालको रजाइँ भइरहेको बताउँछन् ।

‘विश्वविद्यालयका सबैतिरको जग्गा मिचेर घरघरमा जाने बाटो बनाएका छन्,’ ३८ वर्षसम्म विश्वविद्यालयको सम्पत्ति व्यवस्थापन शाखामा काम गरको मुकुन्द थापाले भने, ‘गोरेटो बाटो भएको विश्वविद्यालयको जग्गामा फराकिलो पिच बाटो बनाएको देख्दा दुःख लाग्छ ।’ विश्वविद्यालयले तत्काल आफ्नो जग्गामा पर्खाल लगाएर सम्पत्ति रक्षा गर्नुपर्ने उनी बताउँछन् । आजको कान्तिपुर दैंनिकमा खबर छ ।

सम्बन्धित खबरहरु