नेपाल–जापानबीच यस्ता सम्झौता भएको खुलासा


काठमाडौं । पछिल्ला दिनहरुमा नेपालीहरुको आर्कषण युरोप अमेरिका भन्दा पनि जापानमा बढ्दैं जान थालेको छ । जापान सरकारले नेपाली कामदार लैजानेबार सम्झौता गर्न चाँडै वार्ता टोली पठाउने भएको छ । जापानी विदेशमन्त्री तारो कोनोले बिहीबार प्रधानमन्त्री केपी ओलीसँगको भेटमा टोली खटाइने जानकारी गराएका हुन् । नेपाल र जापानबीच सरकारी तहबाटै कामदार पठाउने सम्झौताको तयारी भइरहेको छ ।

विदेशमन्त्री कोनोले जापानमा बर्सेनि करिब ५ लाख जनसंख्या घटिरहेको र काम गर्नेको संख्यामा पनि गिरावट आएकाले विदेशी कामदार आपूर्ति गर्न लागेको जानकारी दिए । जापानले हालै कामदार लैजाने नौवटा मुलुकको सूचीमा नेपाललाई पनि राखेको छ । ‘कामदार आयात गर्ने मुलुकमा नेपाललाई पनि छानेका छौं, त्यसका लागि वार्ता गर्न जापानी टोली आउँछ, त्यसपछि सहमति हुन्छ र नेपाली कामदार जापान जान पाउँछन्,’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले कानोलाई उद्धृत गर्दै भनेका छन ।

जापानले नेपालको कृषि प्रविधि आधुनिकीकरणमा पनि सघाउने आश्वासन दिएको छ । जापानको कृषि प्रविधि उच्चस्तरको मानिन्छ । त्यसमा विदेशमन्त्री कोनोले कस्तो र कुन सहयोग कसरी गर्न सकिन्छ भन्ने बुझ्न जापानी टोली पठाउने प्रतिबद्धता जनाएका छन् । पराराष्ट्र मन्त्रीस्तरमा सिधा हवाई उडानलगायत सहमति भएपछि बिहीबार विदेशमन्त्री कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा नागढुंगा सुरुङमार्ग, कोटेश्वर–सूर्यविनायक सडकलगायतमा सहयोग गर्ने कुरा भएको थियो । कानोले नेपालको शान्ति प्रक्रिया सफल भएको र राजनीतिक स्थायित्व पनि कायम भएकाले लगानीको वातावरण बनेको भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले बिमस्टेक तथा सार्कजस्ता क्षेत्रीय संगठनलाई अझै सुदृढ बनाएर लैजाने सुझाव दिएका छन ।

यसका लागि सघाउन तयार रहेको उल्लेख गरे। नेपाल रणनीतिक विन्दुमा रहेकाले यहाँ हुने शान्ति र स्थायित्वले क्षेत्रीय हितलाई सहयोग पु¥याउने धारणा विदेशमन्त्री कोनोले प्रधानमन्त्रीसँग राखेका थिए । ओलीले विशेष गरी जापानले नेपालको विकासमा महत्वपुर्र्ण सहयोगी मुलुकका रूपमा काम गरिरहेको भन्दै प्रशंसा गरेका छन ।

आगामी दिनमा सम्बन्ध सुदृढ पार्दै थप सहयोगको अपेक्षासमेत गरिरहेको ओलीले जनाए । बुधबार दिउँसो नेपाल आएका विदेशमन्त्री कोनोले नेपाल–जापान सिधा हवाई उडान, दुईपक्षीय परामर्श बैठक आयोजनालगायत विषयमा हस्ताक्षर गरका थिए । समकक्षी प्रदीप ज्ञवालीसँगको भेटपछि बिहीबार राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर विदेशमन्त्री कोनो स्वदेश फर्केका छन् । आजको कान्तिपुर दैंनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
प्रबीण तह, स्नातक र स्नातकोत्तरमा पास गर्न नसकेकालाई खुल्यो अन्तिम मौका परीक्षा
त्रिभुवन विश्वविद्यको यस्तो छ स्ववियु निर्वाचनको तयारी
स्नातक दोश्रो बर्षको नतिजा प्रकाशित
कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक [पहिलो दिन अंग्रेजी]
शिक्षक लाइसेन्स बिना पढाउन पाइने
हाम्रो सरकार

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]


कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]

यस्ता मनकारी मेयर, जसले गाडी किन्न छुट्याएको रकमले गाउँमैं अस्पताल बनाउँन लागे !