प्रशंसनीय काम : फोहोर ललितपुर महानगरले नै किन्न थालेपछि नगरवासी मख्ख


ललितपुर । फोहोर फोहोर मात्रैं होईन जान्यो भने यो त मोहर पनि हो । काठमाडौं उपत्यका लगायत नेपालका प्रमुख शहरहरुमा फोहोर व्यवस्थापन एकदमैं ठुलो चुनौंति भएको छ । पुल्चोक लाछी टोलमा बस्ने काभ्रेका काइला तामाङको होटलबाट दैनिक दुई केजी फोहोर निस्कन्छ । महानगरको फोहोर संकलन गर्ने गाडी चोकचोकमा नआउने गरकाले उनलाई फोहोर व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरको छ । महानगरको यो कदमले फोहोर व्यवस्थापनमा सहयोगी भुमिका खेल्ने देखिएको छ ।

ललितपुर महानगरपालिकाले घरमा उत्पादन हुने कुहिने फोहोर खरिद गर्ने घोषणा गरपछि अहिले उनी मख्ख छन् । भन्छन्, ‘यसले वडा सफासुग्घर हुने मात्र नभई ५–६ रुपैयाँ भए पनि दैनिक आम्दानी हुनेछ ।’ उनले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । ‘घोषणा भाषणमा सीमित नहोस्,’ उनले भने । ललितपुर महानगर–३ वडाले यसबार वडावासीलाई सुसूचित गराउन घरदैलो अभियान थालेको छ । आफ्नो आफ्नो घरमा उब्जिएको फोहोरलाई आफैंले पनि व्यवस्थापन गर्न सकिने एक पसलेले जानकारी दिए ।

पुल्चोकमा किराना पसल गर्ने रामेछापका धनबहादुर जिम्बा भन्छन्, ‘अभियान राम्रोसँग सञ्चालन भएमा अरूको फोहोरसमेत बटुल्न जाने हुन्छन्।’ उनले जनप्रतिनिधिले फोहोरमैला व्यवस्थापनसम्बन्धी नीतिगत निर्णय गररे अगाडि बढ्नुपर्ने बताए । पुल्चोकका रैथाने पद्मबहादुर शाक्य भने कुहिने फोहोर घरमै व्यवस्थापन गर्दै आइरहेका छन् । ठुला र अग्ला घर हुनेहरुले फोहोर अर्कोको बारीमा फाल्ने गरेको भन्दैं मानसिकतामा परिवर्तन ल्याउन आवश्यक रहेको स्थानीयले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
अन्तिम समयमा आयोगले शिक्षक नतिजा सच्यायो, अन्र्तवार्तापनि परिवर्तन[जानकारीका लागि सेयरगरौ]
त्रिभुवन विश्वविद्यालय छिर्यो अख्तियार
सबै तहको परीक्षा फारम भर्ने सम्बन्धि त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
छुट्ला है : स्नातकोत्तर तहको परीक्षा फारम भर्नेबारे अत्यन्तै जरुरी सुचना !
व्यवस्थापन संकाय तर्फको परीक्षाफल प्रकाशित [नतिजासहित हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर