रविन्द्र र उज्वलको विवेकशील साझा फुट्यो


काठमाडौ । वैकल्पिक राजनीति शक्तिको रुपमा आफुलाई उभ्याउँदै आएको पार्टी विवेकशील साझा चिरा परेको छ । केही समययता वैचारिक मतभेद झेल्दै आएका दुई अध्यक्ष रवीन्द्र मिश्र र उज्ज्वल थापा समूह अलग भएका हुन्। उनीहरुको एकिकरण भएको १७ महिनामात्र हुँदै थियो ।

थापाको नेतृत्वमा शुक्रबार पुरानै विवेकशील नेपाली दल निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीकी केन्द्रीय सदस्य रन्जु दर्शनाले वैचारिक विमत्तिका कारण आफूहरू छुट्टिनु परेको बताइन्। हामी पुरानै विवेकशीन नेपाली दललाई निरन्तरता दिन्छौ, दर्शनाले जानकारी दिएकी छिन् ।

एकता भएको १७ महिनामै विवेकशील साझा पार्टी टुक्रिएको हो। विवेकशील नेपाली दललाई निरन्तरता दिन भन्दै थापासहित ४० प्रतिशत सदस्यले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्। पाटी नेतृत्वबाट निषेधको राजनीति भएको भन्दै नयाँ दल दर्ता गर्नु परेको थापाले बताए। ‘पार्टीभित्र निषेधको राजनीति सुरु भयो’ , थापाले भने,‘ हामी उदाहरणीय बन्न चाहन्छौं, जो काम विवेकशील साझामा रहेर सम्भव हुन सकेन।’

थापाको नेतृत्वमा विवेकशील नेपाली दल दर्ताको निवेदन आयोगमा परेको छ। विगतमा तत्कालीन विवेकशीबाट एकतामा गएका नेताहरू नै नयाँ दलमा समहित छन्। पार्टीका जम्मा तीनजना प्रदेशसभा सदस्य छन्। जसमध्येल विराजभक्त श्रेष्ठ र रमेश पौड्याल विवेकशील नेपाली तिर लागेका छन् भने शोभा शाक्य साझातिर छन्।

छुट्टिने अन्य केन्द्रीय सदस्यमा थापासहित रन्जु न्यौपाने, साधना राई, सुबुना बस्नेत, अजिता राई, अनुसा थापा, शशीविक्रम कार्की, ज्ञानेन्द्र निरौला, पुकार बम, आशुतोष तिवारी अर्जुनसिंह ठकुरी रहेका छन्।

पार्टीका प्रवक्ता सूर्यराज अचार्यले यस खबरबाट आफू अश्चार्यमा परेको बताए। ‘पार्टीका केही नेताहरुको यस्तो कार्यले वैकल्पिक पार्टी निर्माणको पवित्र उदेश्यलाई घात मात्र भएको छैन, स्वयम् पार्टी निर्माणमा लामो समयदेखि क्रियाशिल युवा र मतदाताप्रति पनि अन्याय भएको छ’, प्रवक्ता अचायले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ,‘उहाँहरुले वैकिल्पक पार्टी निर्माणको अभियानमा पुर्याउनुभएको आघात र धोकापूर्ण कार्यको इतिहासले मूल्या०कन गर्ने नै छ।’

थापाले टपक्क टिपेर नयाँ मान्छेलाई नेता बनाउने र भएका राम्रा मान्छेलाई रोक्न नसक्ने प्रवृतिले वैकिल्पक पार्टी बन्ने लक्षण नदेखिएको बताए। ‘विभन्न कमजोरीका बाबजुत पनि आत्मआलोचना नगरेपछि कसरी वैकल्पिक पार्टी हुन्छ ?’, थापाले प्रश्न गरे। अर्कोतर्फ पार्टी फुटेको नभइ असन्तुष्ट समूह अलग्गिएर निर्वाचन आयोग गएको केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले बताए। ‘पार्टीको दुई अध्यक्षमध्ये एकले केन्द्रीय समितिको बैठकमा नै नबसेर यस्तो घोषणा गर्नु सु–संस्कृत राजनीतिको प्रवृत्ति होइन’, उनले भने, ‘पार्टी भित्र छलफल गरेर छुट्टिन सकिन्थ्यो तर उहाँले त्यसो गर्नु भएन, उहाँहरू सिधै निर्वाचन आयोग जानुभयो।’

आफूलाई वैकल्पिक राजनीतिक दल भएको दाी विवेकशील साझामा केही समयदेखि आन्तरिक विवादमा फसेको थियो। पार्टीमा विवाद भइरहेकै बेला गत ७ गते पार्टी संयोजक उज्वल थापाले असन्तुष्टीसहितको प्रतिवेदन सार्वजनिक गरेका थिए। थापाद्वारा सार्वजनिक प्रतिवेदनमाथि छलफल गर्न २५ गते केन्द्रीय समिति बैठक बोलाइएको थियो। तर, बैठकमा पनि प्रतिवेदनमाथि सुनुवाइ नभएको विभाजित भएका केन्द्रीय सदस्यले गुनासो गरेका छन्।

‘पार्टीको केन्द्रीय समितिले केन्द्रीय सदस्य थप्ने लगायतका तयारी गर्न थाल्यो तर प्रतिवेदनमाथि कुनै बहस गर्न चाहेन’, केन्द्रीय सदस्य मिलन पाण्डेले भने,‘अन्ततः हामीले छुट्टिने निर्णय गर्यौं।’ पार्टी परम्परागत राजनीतिक धारमा गएको र यस्तो तरिकाले सु−संस्कृत राजनीति हुन नसक्ने पाण्डेले बताए। २०७४ साउन ११ गते विवेकशील–साझा पार्टीबीच एकता भएको थियो। विवेकशीलका अध्यक्ष उज्वल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्र एकीकृत पार्टीमा सह–संयोजक भएका थिए। पछि दुबैलाई संयोजक बनाइएको थियो।

पार्टी एकताका बेला ३४ जनाको केन्द्रीय कार्यसमिति रहने र महाधिवेशनसम्म ५९ जना केन्द्रीय सदस्य बनाइने दुबै दलबीच सहमति भएको थियो। तर, महाधिवेशन नहुँदै पार्टी विभाजन भएको हो।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
अन्तिम समयमा आयोगले शिक्षक नतिजा सच्यायो, अन्र्तवार्तापनि परिवर्तन[जानकारीका लागि सेयरगरौ]
त्रिभुवन विश्वविद्यालय छिर्यो अख्तियार
सबै तहको परीक्षा फारम भर्ने सम्बन्धि त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
छुट्ला है : स्नातकोत्तर तहको परीक्षा फारम भर्नेबारे अत्यन्तै जरुरी सुचना !
व्यवस्थापन संकाय तर्फको परीक्षाफल प्रकाशित [नतिजासहित हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर