ह्वात्तै घट्यो देशभरीको हवाई भाडा


काठमाडौ । नेपालमा ह्वात्तै वायुसेवाको भाडा घटेको छ । नेपाल आयल निगमले आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक वायुसेवाले पनि भाडा घटाएका छन्। निगमले शुक्रबारदेखि लागू हुने गरी प्रति लिटर १० रुपैयाँले इन्धनको मूल्य घटाएपछि आन्तरिक उडानका वायुसेवाले आइतबारबाट लागू हुने गरी हवाई भाडा घटाएका हुन्।

आन्तरिक वायुसेवा कम्पनीले कम्तिमा ९० रुपैयाँदेखि बढीमा ४४० रुपैयाँसम्मले हवाई भाडा घटाएको वायुसेवा सञ्चालक संघका सदस्य तथा सिम्रिक एयरका बजार निर्देशक प्रज्वज थापाले जानकारी दिए। उनका अनुसार इन्धनको मूल्य घटेपछि हवाई भाडा पनि घटाइएको हो।

संघले माउन्टेन फ्लाइटसहित काठमाडौं विमानस्थललाई आधार बनाएर ११ वटा गन्तव्यको लागि हवाई भाडा घटाएको छ। घटेको भाडा अनुसार आइतबारदेखि नयाँ भाडादरमा यात्रुले उडान गर्न पाउने छन्। यस्तो हवाई इन्धनको मूल्य घटेकोले फ्युल चार्जवापतको शुल्क घटाउँदा हवाई भाडा पनि घटेको संघले जानकारी दिएको छ।

संघका अनुसार सबैभन्दा कम काठमाडौंबाट सिमराको लागि घटेको छ। सिमरामा ९० रुपैयाँ र सबैभन्दा बढी काठमाडौंबाट धनगढीको लागि घटेको छ। काठमाडौं धनगढीको भाडा ४४० रुपैयाँले घटेको छ। आन्तरिक उडानमा काठमाडौं सिमरा सबैभन्दा छोटो दूरीको (२० मिनेट) र काठमाडौं धनगढी सबैभन्दा टाढा (सवा घण्टा) को गन्तव्य मानिन्छ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौं विमास्थलबाट उडान हुने पोखरा १५५, भरतपुर ११०, विराटनगर २४०, जनकपुर १३०, भैरहवा २०५, नेपालगन्ज ३२५, भद्रपुर ३०० र तुम्लिङटारको लागि १८५ रुपैयाँले हवाई भाडा घटेको छ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम भर्ने सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना
अब कल्याणकारी कोषमार्फत शिक्षकलाई राहत
समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह
सर्वोच्चले फैसला गर्न ढिलाई गरेपछि अन्यौलमा शिक्षक
स्नातक तहको नतिजा प्रकाशित [हेर्ने तरिकासहित]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर