विदुर । सरकारी तवरबाट कुनै कार्यक्रम नभए पनि नुवाकोटमा नागरिकस्तरबाट आज स्वतस्फुर्त रुपमा २९७ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । सो अवसरमा पृथ्वीजयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउन माग गदै नागरिकहरुले शाहको सम्मान गरेर मात्रै देशको राष्ट्रियता जोगिने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेन्द्रबहादुर पाण्डेले नेपालको राजनीतिक अवस्था कमजोर भएर राज्य सञ्चालनमा समस्या उत्पन्न भएका समयमा पृथ्वीनारायणको दिव्योपदेशलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । उहाँले पृथ्वीनारायणको जन्मजयन्तीको दिन सरकारले सार्वजानिक बिदा दिनुपर्ने माग पनि गर्नुभयो ।

सम्बन्धित खबरहरु