महानगरीय प्रहरीद्धारा घरेलु मदिर नष्ट


काठमाडौ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरले अबैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले कोटेश्वर एरियाका विभन्न स्थानहरूमा अबैध रूपले संचालन गर्दै आएको भट्टी पसलहरूमा यहि पुस २६ गते दिउसो ०२:०० बजे चेकजाँच गर्ने क्रममा अस्वास्थ्यकर सामाग्रीहरुको प्रयोग गरी उत्पादन गरिएका घरेलु मदिरा तथा कच्चा पदार्थहरुलाई नियन्त्रमा लिई स्थानिय व्यक्तिहरुको रोहरवरमा नष्ट गरीएको छ ।

यसैगरी महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले यहि पुस २६ गते १८ : ४५ बजे ललितपुर महालक्ष्मीस्थानमा शंकास्पद अबस्थामा चेकजाँच गर्ने क्रममा ललितपुर चिवहाल बस्ने ललितपुरका बखत बहादुर खड्का , ललितपुर बस्ने अजय ठाकुर, नख्खु बस्ने बिजय कुमार ठाकुर र लगनखेल बस्ने गोरखाका सुदीप बरामलाई ८ सय ग्राम गाँजा, नाईट्राभेट २०० ट्याबलेट,ओनरफे ५ बोतल, Exiplone १ बोतल र Wincirex ३ बोतल सहित पक्राउ गरेको छ ।

यसै गरी महानगरीय प्रहरी वृत्त जगतिबाट खटिएको प्रहरी टोलिले यहि २६ गते १५:५५ बजे भक्तपुर सल्लाघारीमा बा. ८४. प. १८५१ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा सुर्यविनायक बस्ने रिदम कार्की र सिन्धुपाल्चोक लिशंखु बस्ने पासाङ तामाङको साथबाट साईटाम ६ एम्पुल, फेनारागन ६ एम्पुल, नुरफिन ६ एम्पुल र सिरिन्ज १ थान बरामद गरेको छ । प्रहरीले लागुऔषध सहित दुबैजनालाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

शिक्षा
थेसिस कसरी लेख्ने ? [तरिका सहित] सबै विद्यार्थी एक अर्कामा सेयर गरौँ
अब विश्वविद्यालयका पदाधिकारी लगाम लगाउन बर्खास्त गर्न सक्ने कानुन बन्दै
पढ्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि पढ्न मन नै नलाग्ने : यस्तो छ यो समस्याको समाधान
स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा केन्द्र प्रकाशित
शिक्षा सेवा अन्र्तगतका कर्मचारी समायोजनको यस्तो छ तयारी
हाम्रो सरकार

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी


संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !