निर्मलाको परिवारमा किन उत्पन्न भयो विवाद ?


काठमाडौ । निर्मला पन्तको शरीरबाट संकलन गरिएको भजाइनल स्वाब उनकै हो–होइन एकिन गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएकी छन् । यही विषयमा परिवारमा विवाद उत्पन्न भएको छ ।रगतको नमुना मलाई नसोधेर किन दिएको भन्दै यज्ञराज पन्तले घरमै गएर उनलाई कुटपिटको प्रयास गरेका हुन् ।

धर्नास्थलबाट बिहान सिधै घर पुगेर रगतको नमुना किन दिएको भन्दै यज्ञराजले दुर्गादेवीलाई कुटपिटको प्रयास गरेका हुन् । ‘रगत किन दिइस्, मलाई फसाउन खोज्ने तँ ? भन्दै कुटपिटको प्रयास भयो’ दुर्गादेवीले भनिन्, ‘रगत दिएको विषय र राहत बुझ्न खोजेको विषयलाई लिएर घरमै आएर विवाद गरे ।’

राहत बुझेमा घरमै आत्महत्या गर्दिने भन्दै धम्कीसमेत दिएको दुर्गादेवीले बताईन् । भीमदत्त नगरपालिका २ उल्टाखाममा घरमा कान्छी श्रीमती लक्ष्मीसहित पुगेका यज्ञराजले दुर्गादेवीलाई कुटपिटको प्रयास गरेको प्रत्यक्षदर्शीले बताए । साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया निर्मला पन्तको साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकैको उखुबारीमा शव भेटिएको थियो ।

उनको साउन १० गते नै बलात्कारपछि हत्या गरिएको थियो । तर, निर्मलाकी आमा दुर्गाले न्यायको लागि पर्खिदा पर्खिदा दुई छोरीमाथी पनि अन्याय हुने भएकाले राहत बुझेर छोरीको भविष्य बनाउने भन्दै राहत बुझ्न तयार भएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
अन्तिम समयमा आयोगले शिक्षक नतिजा सच्यायो, अन्र्तवार्तापनि परिवर्तन[जानकारीका लागि सेयरगरौ]
त्रिभुवन विश्वविद्यालय छिर्यो अख्तियार
सबै तहको परीक्षा फारम भर्ने सम्बन्धि त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
छुट्ला है : स्नातकोत्तर तहको परीक्षा फारम भर्नेबारे अत्यन्तै जरुरी सुचना !
व्यवस्थापन संकाय तर्फको परीक्षाफल प्रकाशित [नतिजासहित हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर