काठमाडौं । धेरैं विवाहति वा अविवाहित जोडीहरुले यौन सम्पर्क गर्दा पिडा हुने गरेको दुःखेसो गरेका छन । विशेषज्ञहरु यसका धेरैं कारणहरु भएको बताउँछन । पछिल्ला दिनहरुमा अश्लील चलचित्रहरुमा यौन सम्पर्कका फरक फरक शैंली अपनाइएको हुन्छ जुन आफैंमा सत्य होईनन । तर, मानिसहरु त्यसलाई सत्य मानेर आफ्नो वास्तवीक जीवनमा पनि प्रयोग गर्न चाहान्छन जसले यौन सम्पर्कको बेलामा उनीहरु पिडामा हुने गर्दछन । यसको मुख्य कारण यौन जोडी बीचमा यौन शिक्षाको अभाव तथा कमी हुनसक्छ । यौन शिक्षाको ज्ञान भए स्वस्थ जोडीबीच यौन सम्पर्क गर्दा पीडा हुने सम्भावना भने कमै हुन्छ ।

उमेरमा भएको फरकः यौन सम्पर्क गर्ने जोडीको उमेर मिल्दो हुनु पर्छ । ३०÷३५ वर्षको उमेरमै यौन सम्पर्क गर्दा पीडा हुन्छ भने उमेर नमिलेको पनि हुन सक्छ । उमेरको बढी फरक भएका यौन जोडीबीचमा यौन क्रीडा, सम्पर्क तथा सम्बन्धमा गाँसिदा यौन अनुभव र अभ्यास फरक हुन्छ । भावना नमिल्न सक्छ । जसका कारण यौन सम्पर्क गर्दा पीडा हुनसक्छ । उमेरको धेरै अन्तर हुँदा यौन जोडीमध्ये एक अनुभवी तथा यौनक्रीडा गर्न जान्ने हुन्छ भने अर्को कम अुनभवी तथा अनभिज्ञ हुन सक्छ ।

वैकल्पिक जोडीः वैकल्पिक यौन जोडी छ भने पनि स्थायी यौन जोडीसँग यौन सम्पर्क गर्न रुचाइँदैन । स्थायी जोडीसँग यौन सम्पर्क गर्न मन नलाग्न सक्छ । यौन सम्पर्क गर्दा पनि पीडा हुन्छ । व्यक्तिको स्वभाव र व्यवहार बडो परिवर्तनशील हुन्छ ।स्वभाव र व्यवहार परिवर्तनशील हुने भएकाले एक व्यक्तिसँग मात्रै यौन सम्पर्क गर्न मन नलाग्न सक्छ । जुन व्यक्तिको नैसर्गिक स्वभाव पनि हो ।

धार्मिक प्रशिक्षणः सामाजिक तथा राजनीतिक बन्देजले भने यौन र यौन क्रीडालाई साँघु¥याएको छ । जति नै साँघुरो बनाए पनि सक्षम खेलाडीले वैकल्पिक यौन जोडीसँग यौन सम्पर्क राख्न सक्छन् । यौनलाई नाटकको पात्रको रुपमा नाटकीय रुपमा खेलेकै हुन्छन् । सकेसम्म परस्त्री वा परपुरुषसँग यौन सम्पर्क र सम्बन्ध नराख्नु नै उचित हुन्छ ।

यौन सोचः अभ्यास, क्रियाकलाप र व्यक्ति अनुसार फरक—फरक हुन्छ । त्यसैले यौन बानी व्यवहारलाई गृहस्थ जीवनसँग जोडेर नकारात्म रुपमा लिनु हुँदैन । गृहस्थ जीवन पवित्र जीवन हो । यौनको विषयलाई लिएर पारिवारिक विच्छेदन पनि हुने भएकाले जोडीले बुद्धिमतापूर्वक व्यवस्थापन गर्नुपर्छ । यौन चाहना हुँदा र सम्पर्कमा सरिक भएपछि महिलामा यौन रसादी निस्किन्छ । यौन चाहना भएपछि ९९ प्रतिशत भन्दा बढी महिलामा योनिबाट रसादी निस्किन्छ ।

यौन चाहना हुँदैमा यौनाङ्गबाट रसादी निस्कन्छ भन्ने पनि हुँदैन । यौन रसादी ननिस्किए पनि यौन चाहना हुन सक्छ । यौन रसादी निस्कनका लागि केही मिनेट यौन क्रीडा गर्न जान्नु पर्छ । यौन क्रीडाबाट यौन जोडीको (दुवैको) यौनाङ्गबाट यौन रसादी निस्कन्छ नै भन्ने पनि जरुरत हुँदैन । अधिकांश जोडीमा फरक–फरक समयमा यौन रसादी निस्कन्छ । जोडीले यौन रसादी निस्किएको वा ननिस्किएको स्वअध्ययन गर्न जरुरी छ । रसादी निस्के÷ननिस्के बारेमा थाहा पाउन पनि जरुरी छ ।

अभ्यास र अनुभवले रसादी निस्किएको वा ननिस्किएको बारेमा थाहा हुन्छ । १÷२ पटकको अनुभवले थाहा हुँदैन । थोरै अनुभवले धेरै ज्ञान छ भन्ठान्दा यौन जोडीका लागि जोखिम पनि हुन सक्छ । यौनाङ्गबाट रसादी निस्कने तर पुरुषलाई पीडा हुने परिस्थिति भयो भने पुरुषको व्यक्तित्वमा मानसिक ह्रास हुन्छ । जसका कारण पुरुषको असक्षमताको पीडा असह्य हुन्छ । पुरुषको असक्षमताको परिणामस्वरुप कतिपय पुरुष महिलाबाट टाढा हुने, मानसिक रुपमा विक्षिप्त हुने र आत्महत्या गर्न समेत पछि पर्दैनन् ।

रोगको खतराः यौन सम्पर्कमा समस्या र पीडा हुने धेरै कारण हुन्छन् । यौन सम्पर्क गर्दा पीडा हुने मुख्य कारण यौनाङ्गको संक्रमण हो । जोडीमध्ये एकलाई वा दुवैलाई यौनाङ्गको संक्रमण भएको छ भने यौन सम्पर्क गर्दा पीडा हुन्छ । पुरुषको लिंग सानो हुने, बाहिरी छाला नसुर्किने, पुरुषको लिंगमा संक्रमण हुने, अन्य घाउ खटिरा लगायतका कारणले यौन सम्पर्क गर्दा समस्या तथा पीडा हुन्छ । पुरुषको लिंग पूर्ण रुपमा विकसित भएको छैन भने पनि यौन सम्पर्क गर्दा यौन जोडीमा मानसिक रुपमा पीडा हुन्छ ।

उत्तेजना नमिल्दा पीडाः विशेषगरी महिलाभन्दा पुरुष चाँडै उत्तेजित हुनु पनि पीडाको एउटा कारण हो । पुरुष चाँडै र महिला सुस्त उत्तेजित हुनाले पनि यौन सम्पर्क गर्दा पीडा हुन सक्छ । महिला भन्दा पुरुष चाँडै उत्तेजित हुनु स्वभाविक पनि हो । अधिकांश पुरुष यौन मामलामा सक्रिय हुन्छन् भने महिला निष्क्रिय हुन्छन् ।

हरेक पुरुष तथा महिलामा मौसमअनुसार शरीरका अङ्गको सक्रियता र निष्क्रियता हुन्छ । जसका कारण पनि यौन सम्पर्क गर्दा पीडा हुन सक्छ । त्यसको व्यावस्थापन एक आपसमा यौन जोडीले नै गर्नुपर्छ । हरेक असहज परिस्थितिलाई वातावरण अनुकूल गर्ने दायित्व जोडीको हो । मौसमका कारण यस्तो पीडा हुन्छ भन्ने पनि हुँदैन । गर्मीमा पीडा हुन् वा जाडोमा नहुने वा जाडोमा पीडा हुने र गर्मीमा नहुने भन्ने हुँदैन ।

नकारात्मक धारणा नराख्नेः विगत केही वर्षयता शैक्षिक पाठ्यपुस्तक, पत्रपत्रिका र सामाजिक सञ्जालको प्रयोगले मानिसमा यौनसम्बन्धी वैज्ञानिक जिज्ञासा बढ्दै जान थालेको छ र यो स्वाभाविक पनि हो । त्यसैले नेपालका सामाजिक अगुवा, धार्मिक गुरु, राजनीतिक कार्यकर्ताले यौन र यौन शिक्षालाई ज्ञानको भण्डारको रुपमा लिँदा समाज अगाडि बढ्न सक्छ । यौनसम्बन्धी नकारात्मक धारणा र अफवाह न्यूनीकरण गर्दै जान जरुरी छ । पीडा तथा असन्तुष्टि भयो भन्दैमा वैकल्पिक यौन जोडी रोज्नु उचित हैन । व्यवस्थापन गर्नु उपयुक्त हुन्छ । एजेन्सीको सहयोगमा

सम्बन्धित खबरहरु