काठमाडौं । नेपाली चलिचित्र क्षेत्रमा एकछत्र राज गर्न सफल विपना थापा अहिले उत्तर प्रदेशको मथुरा जिल्लामा छिन । लामो समय देखि पर्दामा नदेखिएकी थापालाई अहिले एक भारतीय टेलिभिजनमा अन्तरवार्ता दिइरहेको देख्न सकिन्छ । नेपालको राजधानी काठमाडौंमा जन्मिएकी नायिका थापा अहिले ४१ वर्षकी भइन ।

नेपाली चलचित्र क्षेत्रमा चर्चा कमाउन सफल नायिका थापाले एक भारतीय डाक्टर आशुतोष भारद्वाज सँग वैंवाहिक सम्बन्ध गाँसेकी छिन । उनका पति भारतीय भएको हुनाले पनि थापाले नेपाल छोडेको हुनसक्ने जनाइएको छ ।

अन्तरवार्ताको क्रममा उनलाई हिन्दी बोल्न निकैं अफट्यारो महशुस भएको आंकलन गर्न सकिन्छ । उनले नेपाली सिनेमा क्षेत्रमा झण्डैं एक सय भन्दा धेरैं चलचित्रहरुमा अभिनय गरेकी छिन । नेपालमा चर्चामा रहेका कलाकार विराज भट्ट,सुनिल थापा लगायतका धेरैं कलाकारहरु अहिले भारतीय भुमिमा संर्घष गरिरहेका छन ।

विपना थापालाई पनि भारतीय सिनेमाको लागि अफर आएको थियो तर उनले विवाहपश्चात फेरि चलचित्र क्षेत्रमा आउँने इच्छा नभएको जनाउँदैं आएकी छिन । उनले नेपाली सिनेमा क्षेत्रमा आफुले अभिनय नगरे पनि यस क्षेत्रको विकासको लागि पहल गर्ने जनाउँदैं आएकी छिन ।

सम्बन्धित खबरहरु