मुम्बई । सुपरस्टार सलमान खानसँग नाम जोडिएर चर्चामा रहेकी बलिउड अभिनेत्री कट्रिना केफका वर्ष २०१८ मा २ वटा फिल्महरु रिलिज भएका थिए । पहिलो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ जसमा उनले अभिनेता आमिर खान अमिताब बच्चन लगायतका नाम चलेका कलाकारकोसाथ अभिनय गर्ने मौंका पाइन र अर्को फिल्म ‘जीरो’ मा अभिनेता शाहरुख खानका साथ कट्रिनाले स्क्रिन सेयर गरेकी थिइन् । उनले अभिनय गरेका दुई चलचित्रहरु सोचे भन्दा निकैं असफल सावित हुन पुगेका छन ।

बलिउडमा फिल्मको असफलता पछि अभिनेत्री कट्रिना केफ अब छिट्टै नै टलिउड फिल्मका सुपरस्टार महेश बाबूका साथ अभिनय गर्ने खबर बाहिर आएको छ । अभिनेता महेश बाबू यतिबेला फिल्म ‘महर्षि’ को छायांकनमा ब्यस्त छन् । महेश बाबूको यस पछिको फिल्ममा उनको जोडीको रुपमा अभिनेत्री कट्रिना केफलाई कास्ट गर्ने तयारी भइरहेको छ । साउथ फिल्म निर्देशक सुकुमार महेश बाबूका साथ फिल्म बनाउने तयारी गरिरहेका छन् ।

साथै उनको अब बन्ने फिल्मका लागि निर्माताहरुले बलिउडका कयौं अभिनेत्रीहरुका बारेमा छलफल गरेपश्चात यस फिल्ममा कट्रिना केफलाई कास्ट गर्ने निर्णय गरेका छन् । निर्देशक सुकुमारले कट्रिना समक्ष उनको अब बन्ने फिल्मका लागि प्रस्ताव पनि राखिसकेका छन् । अहिले यस फिल्मको स्क्रिप्टको काम चलिरहेको छ । फिल्ममा धेरै जसो कलाकारहरुको टुंगो पनि लागिसकेको छ । कट्रिना केफले यस फिल्मलाई साइन गरिन् भने यो उनको तेस्रो साउथ फिल्म हुनेछ । एजेन्सी

सम्बन्धित खबरहरु