भद्रपुर । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पश्चात हत्या भएको आज पाँच महिना भन्दा धेरैं भएको छ तर हत्यारा पत्ता लाग्न सकेको छैंन । नेपालमा अहिले पनि श्रृङ्खलाबद्धरुपमा बलात्कारजस्तो जघन्य अपराधका घटनाहरु लगातार बढ्दैं जान थालेका छन । कोकको बोतलमा रक्सी मिसाएर दुई युवकले भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

घटनामा संलग्न दुई युवकमध्ये एकजनालाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको छ। अर्का एक फरार रहेको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।उनका अनुसार पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका ४ फागुचोकका ३२ वर्षीय घरबहादुर लिम्बू र फरार भएकामा सोही ठाउँका २८ वर्षीय राजेश राजवंशी हुन्।

राजवंशी भारतको सीमाना नजिकै भएकाले उतैंतर्फ भागेको प्रहरी आशंका छ। उनको खोजी कार्य पनि पारिएको श्रेष्ठको भनाइ छ। प्रहरीका अनुसार गत आइतबार दुईजना किशोरीलाई ती युवकले कोक खान जबरजस्ती गरेपछि किशोरीले पहिलेदेखि चिनजानको आधारमा उनीहरुको कुरा स्वीकार गर्दै कोक खाएका थिए। किशोरले गलत नियतले कोकमा रक्सी मिसाएको कुरा भने युवतीले पत्तो पाएनन्।

प्रहरीका अनुसार दुई किशोरी मध्ये एकलाई बढी नशा लागेको चाल पाएपछि युवकले नजिकैको जंगलमा लगेर बलात्कार गरेका हुन्। किशोरीलाई बेहोश बनाएर उनीहरु जंगलबाटै फरार भएका थिए।साँझसम्म दुवै किशोरी घर नफर्केपछि परिवार खोजतलास गरेका थिए। बलात्कारबाट जोगिएकी किशोरी घर आएपछि बलात्कारको घटना सार्वजनिक भएको हो।

सम्बन्धित खबरहरु