काठमाडौं । सुँगुरको माध्यमबाट मानिसको शरिरमा प्रवेश गर्ने रोग स्वाइनफ्लु (एचवानएनवान) का बिरामी राजधानीमा भेटिएका छन् ।

वीर अस्पतालतमा भर्ना भएका दुई बिरामीमा स्वाइनफ्लु संक्रमण देखिएको जनाइएको छ । संक्रमण बिरामीका करिब दुई सातादेखि उपचार भएरहेको छ । संक्रमित १५ र २६ वर्षका काठमाडौंबासी हुन् ।

उपचारमा संलग्न डाक्टर राजेशकुमार मण्डलका अनुसार उनीहरुको आइसियुमै राखेर उपचार गर्नुपर्ने अवस्थामा अस्पतालमा पुगेका थिए ।

अहिले बिरामीको अवस्था जोखिममुक्त भएको बताउँदै उनले भने, ‘एक साता भेन्टिलेटरमा राखेर उपचार गरियो, दुवैलाई निमोनियसमेत भैसकेकाले अवस्था गम्भीर थियो ।’

त्यस्तैं,केहीदिन यता टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा बिरामी कुर्न बसेका कुरुवामा समेत उक्त भाइरस देखापरेपछि अहिले सो अस्पतालले टाइनी फ्लु भ्याक्सिन दिन शुरु गरिएको सो अस्पतालका एक चिकित्सकले जानकारी दिए ।

अहिले सो रोगले महामारीको रुप नलिएपनि सोही भाइरसबाट केही ब्यक्तिको मृत्यु भएकाले सतर्कता अप्नाउन थालिएको ती चिकित्सकले जानकारी दिए।

हाल शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना गरिएका ती बिरामीको परिचय गोप्य राखिएको भएपनि उनको घरमा यस अघि स्वाईन फ्लुका बिरामी रहेको र ती बिरामीको कारण घरका अन्य सदस्यलाई समेत सरेर अस्पताल भर्ना गर्नु परेको बताइएको छ । स्वाईन फ्लुको संक्रमण देखिन थालेपछि सरकारले यसलाई फैलन नदिन बिषेश कार्यक्रम ल्याउन लागेको बताइएको छ ।

तीन साता देखि राजधानीमा देखा परेको स्वाइन फ्लु जटिल खालको देखा परेकोले चिकित्सकहरु चिन्तित हुन थालेको बताइएको छ। रोग प्रतिरोधात्मक क्षमता कम हुनेलाई यो रोगले छिटो आक्रमण गर्ने उनले बताए । चिकित्सकका अनुसार दुई वर्षमुनिका बालबालिका, ६५ वर्षमाथिका वृद्धवृद्धा, टिबी, निमोनिया, क्यान्सर, मिर्गौला र मधुमेहका बिरामीलाई यो रोगले बढी आक्रमण गर्छ।

ज्वरो आउने, टाउको, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने र बच्चालाई झाडापखालासमेत हुने भएकोले सचेत हुनुपर्ने र यी लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा जानुपर्ने डाक्टरहरु बताउँछन । यो रोग लाग्न नदिनको लागि खोक्दा, हाच्छिउँ गर्दा सफा कपडाले मुखनाक छोप्ने, साबुनपानीले हात धुने, पोषिलो र भोल पदार्थ पिउने, ज्वरो आएमा दोहोरो हावा खेल्ने कोठामा बस्ने लगायतका सावधानी अपनाउन पनि चिकित्सकले आग्रह गरेका छन् ।

 

सम्बन्धित खबरहरु