वि.सं. २०७५ माघ ०१ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ जनवरी १५ तारिख, आजको चाडपर्व र उत्सव : माघ संक्रान्ति, माघी पर्व, उत्तरायण प्रारम्भ, बराहक्षेत्र, शंखमूल, देवघाट आदि तीर्थहरूमा मकर स्नान, रुरु रिडीमा तीन दिने मेला, मकर स्नान प्रारम्भ, घ्युचाकु सल्हु, छन्त्याल पर्व, तेह्रथुममा गैखुरी मेला, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, पौष शुक्लपक्षको नवमी तिथि, बेलुका ०७:४६ बजेसम्म, त्यसपछि दशमी तिथि, अश्विनी नक्षत्र, बिहान ०९:४७ बजेसम्म, त्यसपछि भरिणी नक्षत्र, आजको चन्द्रमा मेष राशिमा (अहोरात्र व्याप्त), साध्य योग, मध्यरात्रीपछि ०२:०६ बजेसम्म, त्यसपछि शुभ योग, सुरुमा बालब करण बिहान ०७:५३ बजेसम्म, त्यसपछि कौलव करण बेलुका ०७:४६ बजेसम्म, अन्तिममा तैतिल करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:२९ बजे

आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०२:५१ देखि ०४:१० सम्म, यमघण्ट : बिहान ०९:३६ देखि १०:५५ सम्म, गुलिक काल : दिउँसो १२:१३ देखि ०१:३२ सम्म, आजको वारवेला , रोग वारवेला : बिहान ०६:५८ देखि ०८:१७ सम्म, साँझ ०४:०९ देखि ०७:१० सम्म र मध्यरात्रीपछि ०५:१७ देखि ०६:५८ सम्म, काल वारवेला : दिउँसो ०१:३२ देखि ०२:५१ सम्म र बेलुका ०७:१० देखि ०८:५१ सम्म, लाभ वारवेला : दिउँसो १०:५५ देखि १२:१३ सम्म र बेलुका ०८:५१ देखि १०:३२ सम्म, उद्वेग वारवेला : बिहान ०८:१७ देखि ०९:३६ सम्म र बेलुका १०:३२ देखि १२:१३ सम्म, शुभ वारवेला : दिउँसो ०२:५१ देखि ०४:१० सम्म र मध्यरात्रीपछि १२:१३ देखि ०१:५५ सम्म, अमृत वारवेला : दिउँसो १२:१३ देखि ०१:३२ सम्म र मध्यरात्रीपछि ०१:५५ देखि ०३:३६ सम्म, चर वारवेला : बिहान ०९:३६ देखि १०:५५ सम्म र मध्यरात्रीपछि ०३:३६ देखि ०५:१७ सम्म

आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा स्त्रीको नेतृत्वमा उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने अमला वा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

युवा ज्योतिष सुजल श्रेष्ठ, ज्योतिष परामर्श केन्द्र पाटन दरबार, (भीमसेन मन्दिरको ४ घर उत्तर दिशा) ललितपुर नेपाल । सम्पर्क फोन नं. ०१ – ५५४२९५८, मोबाईल ९८४१७६३५५९ । सुरु गरौँ आजको राशिफल । शुरु गरौ आजको राशिफलबाट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – अरुको बुद्धिको भर बाट भन्दा पनि आफ्नो बुद्धि चलाउनु पर्ला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला, यदि नबने पनि हौसला कम हुने छैन । सहयोग गर्नेहरू धेरै होलान भेटिनेछन्, तर पनि सहयोग पाउन आली ढिला होला । कुनै कुनै काम रोकिनाले मन खिन्न हुनेछ वा काम गर्ने मन लाग्ने छैन । केही संघर्ष गर्नुपर्ला तर संघर्षको फल ढिलो चाडो आफ्फई पाउने हुन्छ । केहि दिक्क लाग्दो जस्तो हुन सक्छ । बोलेर सबैलाई समेट्ने प्रयास गर्नुहोला, यसो गर्नाले आज नभएपनि भोलि पर्सि तिर र आउने काम कुराहरुमा सफलता मिल्न सजिलो हुन्छ । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो । त्यसैले मंगल ग्रहको मन्त्र धरणीगर्भसंभूतं विद्युत्कान्तिसमप्रभम् । कुमारं शक्तिहस्तं च मङ्गलं प्रणमाम्यहम् ॥ जप्दा राम्रो हुने गर्दछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आवश्यक बस्तुहरुको खरिद आदि गरि घर तिर ल्याई व्यवस्थित गर्न सकिएला । ब्यापारीहरुको लागि राम्रो छ । बैक आदिको काम गर्नु पर्ला । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ । श्रमको मूल्यांकन होला । सहयोग गर्नेहरू भेटिनेछन् । आर्थिक लाभ हुने काम थालनी हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । बिस्तारै फाइदा उठाउन सकिनेछ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । तपाइको रासी बृष हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको मन्त्र हिमकुन्दमृणालाभं दैत्यानां परमं गुरुम् । सर्वशास्त्रप्रवक्तारं भार्गवं प्रणमाम्यहम् ॥ जप्दा राम्रो हुने गर्दछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – उद्योगमा विशेष फाइदाको योग छ । मान्छेहरुले आफुलाई दिनु पर्ने पैसा आफै दिन आउलान । नौलो मित्त्रता सुरु हुन सक्छ वा नया मित्रजनहरु पाइएला । पुजा–पाठमा संलग्न हुनु पर्ने जस्तो बातावरण होला । सहयोग गर्नेहरू धेरै भेटिनेछन् । नयाँ काममा हात हाल्ने समय आएको छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । साझेदारीका समस्या अलि सुल्झनाले हल्का महसुस होला । तपाइको रासी मिथुन हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले बुद्ध ग्रहको मन्त्र प्रियङ्गुकलिकाश्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ॥ जप्दा राम्रो हुने गर्दछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – दिनचर्या भ्याइ नभ्याइ होला । सोचेको काम कुरा बनेर जानेछ वा सकाउनै पर्ने जस्तो होला । टाढाका साथीभाइ, आदिको निम्तो प्राप्त हुन सक्छ । आमा आदिको बिषेश याद आउला । जग्गा–जमिन आदिको जिम्मेवारी आदि देखिन्छ । कृषिहरुको लागि सोचेको भन्दा अलि फरक होला दिन । सफलताको सम्भावना बढेर आएको देखिन्छ, धेरै काम कुरा बन्ला, केहि नभएपनि सानो २–३ वटा भएपनि अबश्य बन्नेछ । तपाइको रासी कर्कट हो जुन चन्द्रमाको रासी हो त्यसैले चन्द्रमाको मन्त्र दधिशङ्खतुषाराभं क्षीरोदार्णवसंभवम् । नमामि शशिनं सोमं शम्भोर्मुकुटभूषणम् ॥ जप्दा राम्रो हुने गर्दछ र

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आफुले एक पटक साथ दिएको व्यक्तिको उन्नति आदि देखि खुसि हुन पाउला ठुलो ठुलो काममा भन्दा सानो काममा बढी उल्झिनु पर्ला । बाजे–बजै, आदिको सम्झना आउला । सम्मानीय जनको प्रेम पाईएला । रमाइलो र सुभ जमघट हुने देखिन्छ । व्यवसाय वा उद्योगको सन्दर्भमा सुभ र कल्याणकारी देखिन्छ । फुटबल, टेबल–टेनिस, बक्सिंग, आदि जस्ता खेलहरुमा लाग्नु पर्ला । मन कता कता भएको हुनाले मनोबल अलि कम जस्तो होला । तपाइको रासी सिंह हो जुन भगवान सुर्यको रासी हो त्यसैले सुर्यको मन्त्र जपाकुसुमसंकाशं काश्यपेयं महद्युतिम् । तमोऽरिं सर्वपापघ्नं प्रणतोऽस्मि दिवाकरम् ॥ जप्दा राम्रो हुने गर्दछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – मेहनत गर्दा मात्र अलि बढी सफल होला । जिम्मेवारी बढिरहनेछन् । अतिथिको आगमनको संकेत आउला । आँटेको काममा अलि ढिलाई होला । अरूको मुख नताक्नु होला । पढाइमा प्रगति हुनेछ । गुरुजन वा जान्ने बुझ्नेको को सुझाव फलदायी होला । अवसरको खोजीमा भौतारिनु पर्ला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ, । कामको अलमल हुनेछ । केही संघर्ष गर्नुपर्ला । काम बन्ने छ । प्रियजनको सहयोग जुट्नाले उत्साह मिल्नेछ । तपाइको रासी कन्या हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले बुद्ध ग्रहको मन्त्र प्रियङ्गुकलिकाश्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ॥ जप्दा राम्रो हुने गर्दछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आमा–बुवा भै सकेकाको लागि राम्रो र सुभ देखिन्छ । अरूलाई प्रभावित पर्न मन हुनेछ । विशेष योजना गर्नुहोला । प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन् । फाइदा हुने काम प्राप्त हुन सक्छ । साथीहरु संग भेटघाट गर्न पाउला । काम संग सम्बन्धित् जनहरुलाइ भेटिएला वा भेटघाट गर्न जान पाउला । प्रियजनको भेटघाटले दिन रमाइलो रहनेछ । सन्तानको सहयोग लाभदायी बन्नेछ । श्रमको मूल्यांकन होला । तपाइको रासी तुला हो जुन शुक्र ग्रहको रासी हो त्यसैले त्यसैले शुक्र ग्रहको मन्त्र हिमकुन्दमृणालाभं दैत्यानां परमं गुरुम् । सर्वशास्त्रप्रवक्तारं भार्गवं प्रणमाम्यहम् ॥ जप्दा राम्रो हुने गर्दछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – कर्जा लिनुपर्ने सोच आउन सक्छ वा लिइएला । रोगलाइ दबाउन सकिएला र स्वास्थ्य बिस्तारै राम्रो होला । अकस्मात मित्रता स्थापित गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल बन्न सक्छ । तत्काल सामान्य फाइदा पछि घाटा हुन सक्ला, सजक रहनु होला । केही दौडधुप गर्नुपर्ला र संघर्स गर्नु पर्ला तर अरु सब ठिक छ । साझेदारीका समस्या अलि सुल्झनाले हल्का महसुस होला । दिनु पर्ने कुराहरु आदि भय तिर्न सकिएला । प्रतिस्पर्धीहरूको स्वतः हार हुनेछ । सहि तरिकाको बोलचालले सजिलै काम फत्ते पार्न सकिएला । तपाइको रासी बृश्चिक हो जुन मंगल ग्रहको रासी हो र मंगल ग्रहको मन्त्र धरणीगर्भसंभूतं विद्युत्कान्तिसमप्रभम् । कुमारं शक्तिहस्तं च मङ्गलं प्रणमाम्यहम् ॥ जप्दा राम्रो हुने गर्दछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – भाइ बहिनीहरु प्रत्ति पनि राम्रो देखिएको छ, सम्बन्ध गढ़िनेछ । छोरा छोरीहरुले सम्झेला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले गर्दा निर्णय गर्नु पर्ला । सहयोग गर्नेहरू चाहिने भन्दा बढी भेटिनेछन् । प्रतिकुल स्थिति आउन सक्ने हुन्छ । अरुले त्यतिकै फसाउन सक्छन् । केही चुनौती देखिए पनि मन भएजति पुरा गर्न नसक्ने नहोला । गीत गाउन वा गीत सुन्न मन भएर आउछ वा गाउन सुन्न पाइएला । केहि लेखहरु वा कागज तयार पर्नु पर्ने होला । रमाइलो जमघट हुने देखिन्छ । तपाइको रासी धनु हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको मन्त्र देवानां च ऋषीणां च गुरुं काञ्चनसंनिभम् । बुद्धिभूतं त्रिलोकेशं तं नमामि बृहस्पतिम् ॥ जप्दा राम्रो हुने गर्दछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । घर–छिमेक सबैलाइ फाइदा हुने काम प्राप्त हुन सक्छ । बोलेर सबैलाई समेट्ने प्रयास गर्नु होला किन कि सबै कुराहरु मात्र पैसा र तागतले बन्दैन । अलि जोड दिएर मात्र सबैले आफ्नो कुराहरुको पालना गर्नेछन । आफ्नो साथ दवदवा बढेर गएको देखिन्छ । काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ नयाँ काममा हात हाल्ने कुरो आउन सक्ला, गर्ने नगर्ने तपाइको भरमा होला । नयाँ काम प्रारम्भ गर्ने समय छ । तपाइको रासी मकर हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको मन्त्र नीलांजनसमाभासं रविपुत्रं यमाग्रजम् । छायामार्तण्डसंभूतं तं नमामि शनैश्चरम् ॥ जप्दा राम्रो हुने गर्दछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – ठुलो ठुलो काममा भन्दा सानोमा मन होला । घर परिवारमा सबैलाई माया बाँड्न पाउनेछ । लेख्ने पढ्ने काम बढ्छ । यता उता जाउ भन्ने हुन्छ । आजको दिन महत्त्वपूर्ण हुने छ । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा लाभ होला । फाइदा उठाउने समय छ । आफ्नो सहकर्मी आदिहरुको माया लाग्ला । तपाइको रासी कुम्भ हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको मन्त्र नीलांजनसमाभासं रविपुत्रं यमाग्रजम् । छायामार्तण्डसंभूतं तं नमामि शनैश्चरम् ॥ जप्दा राम्रो हुने गर्दछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – महिलाहरुको लागि खुसीको समय भन्नु पर्ला, खोजेको लुगा कपडा, रत्न आदि पाईएला । परिस्थितिवश चिताएको काम विलम्ब हुनेछ । अरूका व्यवहारमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । काम बिग्रन सक्छ । ऋण लिनुपर्ने जस्तो बातावरण हुन सक्छ । प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन् । ठूलो आवश्यकता पूरा हुनेछ । अलि मेहनत गर्नु परे पनि अन्तमा खुसिनै महसुस होला । तपाइको रासी मिन हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको मन्त्र देवानां च ऋषीणां च गुरुं काञ्चनसंनिभम् । बुद्धिभूतं त्रिलोकेशं तं नमामि बृहस्पतिम् ॥ जप्दा राम्रो हुने गर्दछ ।

सम्बन्धित खबरहरु