काठमाडौ । नेपाली अल्ट्रा धाविका सिर्जना राई हङकङमा आयोजना भएको गोर्खा ट्रेल ब्लेजरमा स्वर्ण पदक जित्न सफल भएकी छिन् ।

सङ्खुवासभाकी सिर्जनाले २६ किलोमिटरमा उमेर समूहतर्फ स्वर्ण जितेकी हुन् । गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङको आयोजनामा सोमबार भएको प्रतियोगितामा सिर्जनाले निर्धारित २६ किलोमिटर दूरी चार घण्टा सात मिनेट २४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्न सफल भएकी थिइन् । यस्तै जर्मनीकी एन्जिलिका हानले रजत र फ्रान्सकी चर्लोटे टाकिटलेकास्य जित्न सफल भइन् ।

पछिल्लो समय अल्ट्रा दौडमा निकै राम्रो प्रदर्शन गरिरहेकी सिर्जनाले नेपालमा भएको अन्नपूर्ण ट्रेल (५० किलोमिटर) र पोखरा ट्रेल (५५ किलोमिटर) मा समेत स्वर्ण जितिसकेकी छिन् । प्रतियोगितामा ३० भन्दा बढी देशका ४०० बढी अल्ट्रा खेलाडीले सहभागिता जनाएको आयोजक गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङले जनाएको छ ।

सम्बन्धित खबरहरु