भक्तपुर । प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रा डा गोविन्द केसीले गलत माग राख्दै गरेको आन्दोलनले डाक्टर बन्ने सपना बोकेका नेपालीको जिन्दगीमाथि खेलबाड गरेको आरोप लगाउनुभएको छ ।

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा सञ्चालित नागरिक कम्युनिटी टिचिङ हस्पिटलले आजदेखि सञ्चालनमा ल्याएको सिटीस्क्यान मेशिनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “डा केसीले कुनै राजनीतिक आडमा अनशन बसेको आम नागरिकले बुझिसकेका छन्, उहाँले शुरु गरेको आन्दोलनले डाक्टर बन्ने सपना बोकेका नेपालीको सपना र भविश्यसमेत अधुरो बनाउँदैछ ।”

पुर्वमन्त्रीसमेत रहनुभएका उहाँले भक्तपुरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कार्य अगाडि बढेको बताउँदै त्यसका लागि आवश्यकपर्ने ३०० रोपनी जग्गा भक्तपुरमा निर्माण हुन लागेका स्मार्ट सिटीबाट व्यवस्थापन गर्न सकिने भनाइ राख्नुभयो ।

अस्पतालका निर्देशक जीतेन्द्र श्रेष्ठले अस्पतालले शुरु गरेको सिटीस्क्यान मेशिनले यहाँका नागरिकलाई सहज सेवा दिन सकिने र सो सेवा लिन अब महङ्गा अस्पताल धाउनु नपर्ने जानकारी गराउनुभयो । रासस

सम्बन्धित खबरहरु