काठमाडौं । सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न दिन यसअघि सर्वोच्च अदालतको एकल इजलासबाट भएको अन्तरिम आदेशलाई संयुक्त इजलासले बदर गरेको छ। न्यायाधीश दीपकराज जोशीको एकल इजलासबाट पुस १० मा सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन अनुमति दिन अन्तरिम आदेश भएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले जोशीको एकल इजलासबाट दिइएको अन्तरिम आदेश बदर गर्ने आदेश भएको हो।योसँगै जोशीको एकल इजलासबाट भएको अन्तरिम आदेश दोस्रोपटक बदर भएको छ। यसअघि मुक्तिश्री सिमेन्टको अल्पकालीन अन्तरिम आदेश बदर भएको थियो।

सिजीले जिएसएम मोबाइल सञ्चालनका लागि दूरसञ्चार प्राधिकरणसँग आवश्यक फ्रिक्वेन्सी मागेको थियो। प्राधिकरणले आधारभूत सर्त पूरा नगरेको भन्दै फ्रिक्वेन्सी नदिएपछि सिजी सर्वोच्च पुगेको हो। यो सँगैं नेपालमा नयाँ ढंगले आउँने चौंधरी ग्रुपको योजनामाथि ग्रहण लागेको छ । टेलिकम क्षेत्रमा पर्याप्त सम्भावना भएको हुनाले सबैंको आर्कषण बढ्दो छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित खबरहरु