मुम्बई । भारतीय सिनेमा क्षेत्रमा सुपरस्टार सलमान खान र बलिउड अभिनेत्री कंगना रनौत यतिबेला चर्चामा आएका छन । कंगना आफ्नो नयाँ फिल्म ‘मणिकर्णिका द क्वीन अफ झासी’को प्रमोसनमा व्यस्त रहेकी छिन् ।

फिल्म प्रमोसनका क्रममा फिल्मी क्षेत्रका नयाँ र रहस्यमही कुराको खुलासा गर्नु सामान्य नैं मानिने गरिन्छ । यो चलचित्र क्षेत्रका लागि कुनै नौलो होइन । यसैक्रममा, कंगनाले पनि आफ्नो नयाँ फिल्मको प्रमोसनका लागि एक नयाँ रहस्यहररुको खुलासा गरिरहेकी छिन् ।

बलिउडका तीन चर्चित र सफल खान (सलमान, आमिर र शाहरुख) सँग फिल्म नखेलेरै बलिउडमा स्थापित भएर देखाउने प्रयास गरेकी रनौतले आफ्नो करियरलाई उचाईमा पुर्याएकी थिइन् ।

तर, धेरैको चासोको विषय यो हुन्छ कि उनी अब करियरको कुनै मोडमा यी खानहरुसँग फिल्म खेल्छिन् कि खेल्दिनन् त ? उनलाई पत्रकारले सलमानसँग काम गर्ने कि नगर्ने भन्ने सवाल गरेका थिए ।

पत्रकारको जवाफमा कंगनाले सलमान खान आफ्नो असल साथी भएको र उनीसँग काम गर्ने मौका मिलेमा खुशीसाथ स्वीकार गर्ने बताएकी छिन् । सलमानसँग कंगनाको कुनै पनि सन्दर्भमा अहिलेसम्म वादविवाद नभएको समेत्त जिकिर छ।

उनीहरु एक अर्काको कामलाई निकै सम्मान गर्ने गर्छन् । यद्यपि, सलमानको फिल्म ‘सुल्तान’ मा काम गर्नको लागि भने उनले अस्वीकार गरेकी थिइन् । उनको फिल्म ‘मणिकर्णिका द क्वीन अफ झासी’ २५ जनवरीमा रिलीज हुँदैछ । एजेन्सी

सम्बन्धित खबरहरु