काठमाडौं । लामो समय संसारको सबैंभन्दा धनी व्यक्तिको रुपमा देखिएका बिल गेट्सलाई नयाँ रुपमा देखिएको छ । अहिले संसारका दोस्रो धनी व्यक्ति गेट्सको साधारण व्यक्तित्वका विभिन्न उदाहरण छन् ।

माइक्रोसफ्ट कम्पनीका कर्मचारीले पनि थुप्रै पटक बिल गेट्सलाई सबैभन्दा उत्कृष्ट मालिक बताइसकेका छन् । अब सामाजिक सञ्जालमा बिल गेट्सको एउटा फोटो भाइरल भएको छ जसमा उनी एक फास्ट फुड रेष्टुरेन्टको बाहिर लाइनमा उभिएका छन् । त्यो पनि ८ डलरको बर्गर–फ्राई र कोकका लागि हो ।

गेट्सको यो फोटो उनका कम्पनीका पूर्व कर्मचारी माइक गेलोसले गत मंगलबार फेसबुकमा सेयर गरेका थिए । यसमा रातो रङको स्वेटर लगाएका गेट्स टोपी लगाएका एक व्यक्ति पछाडि उभिएका छन् ।

यो फोटो सिएटलको डिक्स ड्राइव–इन रेष्टुरेन्टको बताइएको हो । गेट्स बर्गरका पारखी हुन् र उनी बेलेभ्युस्थित बर्गरमास्टरका निकै इमान्दार ग्राहक हुन् । माइक्रोसफ्टका पूर्व कर्मचारीको पेजको यो फोटो सेयर हुने बित्तिकै फोटो भाइरल भयो । एजेन्सी

सम्बन्धित खबरहरु