काठमाडौं । लामो समयदेखि अस्वस्थ रहेकी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पतालमा भर्ना भएकी छीन । सीता दाहाल पुत्र प्रकाश दाहालको निधनपछि निकै तनावमा परेकी थिइन । प्रकाशको निधनपछि उनी अझै तंग्रिन सकेकी छैनन् । केही दिनयता निरन्तर ज्वरो र खोकी लागेपछि उनलाई आइतवार विहान अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले बताएको छ ।

उनको घरमा पनि उपचार गरिएको थियो । तर ज्वरो र खोकी नियन्त्रणमा नआएपछि अस्पतालमा भर्ना गरिएको छ । सीता दाहाललाई आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको जनाइएको छ । दाहालको डा। युवराज शर्माको टोलीले उपचार गरिरहेको छ । लामो समयदेखि सुगर, प्रेसर लगायतका समस्याबाट पनि पीडित छिन् । उनको उपचार भारतदेखि सिंगापुरका अस्पतालमा उपचार गरिएको थियो ।

सम्बन्धित खबरहरु