काठमाडौ । सङ्घीय समाजवादी फोरम नेपालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी–कम्युनिष्ट केन्द्र) समाहित भएको छ । आज यहाँ आयोजित कार्यक्रममा फोरम नेपालमा केशव दाहाल नेतृत्वको नेकपा कम्युनिष्ट केन्द्र समाहित भएको हो ।

फोरमका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले एकीकृतका संयोजक दाहाललाई टीका लगाएर पार्टीमा समाहित गर्नुभएको हो । अध्यक्ष यादवले मुलुकमा सङ्घीय समाजवादी फोरम नेपालको विकल्प नै नरहेको बताउनुभयो ।

उहाँले अन्य पार्टीले जनताको परिवर्तनको एजेन्डा छाडिसकेकाले फोरम नेपालप्रति आमजनताको विश्वास र अपेक्षा बढ्दै गएको बताउनुभयो । दाहालले सर्वहारा जनताको अधिकार, सङ्घीयता र पहिचानको मुद्दालाई फोरम नेपालले बलियो ढङ्गले उठाएकाले समाहित भएको बताउनुभयो । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि विसं २०६२ मा केशव दाहालको नेतृत्वमा उक्त पार्टी स्थापना गरिएको थियो ।

सम्बन्धित खबरहरु