काठमाडौ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ्ग अध्ययन संस्थान, परीक्षा नियन्त्रण महाशाखाले विशेष मौका परीक्षा फारम भर्ने बारे सूचना सार्वजनिक गरेको छ ।

इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा प्रबीण तह, स्नातक (बीई) तह, र स्नातकोत्तर तह (२०६१ भर्ना समूह) देखि भर्ना भई परीक्षा प्रणाली अनुसार सबै तह र खण्डको परीक्षा निर्धारित समय सिमा भित्र विभिन्न कारणले तह पार गर्न नसकी ‘ब्यारियर’मा परेका विद्यार्थीहरुले परीक्षा दिन पाउने भएका छन् ।

त्यस्ता विद्यार्थीहरुले आफूले अध्ययन गरेको शैक्षिक तह पूरा गर्न पुनः एक पटक विषेश मौका परीक्षाको व्यवस्था गर्ने इ.अ.सं. विद्या परिषद्ले निर्णय गरेको हो । परीक्षामा सहभागिता जनाउन चाहने विद्यार्थीहरुले माघ १५ गतेदेखि आउँदो फागुन १५ गते सम्म परीक्षा नियन्त्रण महाँखा, चाकुपाट, ललितपुरमा सम्पर्क राखेर फारम भर्न सकिने बताइएको छ । विस्तृत विवरण परीक्षा नियन्त्रण महाशाखाले प्रकाशित गरेको तलको सूचनामा पनि हेर्न सकिने छ ।

सम्बन्धित खबरहरु