जिक्वान । विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेख्य मात्रामा प्रगति गर्दै अगाडी बढेको चीनले फेरि अर्को चमत्कार गरेको छ । चीनले मल्टीस्पेक्ट्रल इमेजिङका लागि दुईवटा भूउपग्रह सोमबार प्रक्षेपण गरेको छ । उक्त भूउपग्रह चीनको उत्तरपश्चिममा रहेको जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो । केन्द्रका अनुसार उक्त भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रवेश गरेको छ ।

उक्त भूउपग्रह चाङ गुआङ सेटेलाइट टेक्नोलोजी कम्पनीले निर्माण गरेको हो । उक्त भूउपग्रहको माध्यमबाट रिमोट सेन्सिङ तथ्याङ्क प्राप्त गर्नुका साथै वन, सिपिङ, स्रोत तथा वातावरण अनुगमनका लागि पनि प्रयोग हुनेछ । यो भूउपग्रह चीनले यसअघि प्रक्षेपण गरिएका १० वटा जिलिन–१ भूउपग्रहकै एक भाग हो । एजेन्सी

सम्बन्धित खबरहरु