काठमाडौँ । काठमाडौमा मंगलबार रातिदेखि नै हल्का बर्षा भइरहेको छ । बर्षा उपत्यका लगायत देशभरी साँझसम्म कायम रहने बताइएको छ । मंगलबारदेखि नै सुदुरपश्चिम र मध्य क्षेत्रका हिमाली र उच्च पहाडी स्थानहरुमा हिमपात पनि भइरहेको छ।


उपत्यकासहित देशका मध्य र पश्चिम क्षेत्रमा बुधबार बेलुकासम्म नै पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ। विभागले मध्य भागका अधिकांश क्षेत्र र पश्चिमका धेरैजसो भागमा साँझसम्मै वर्षा हुने बताएको हो ।


काठमाडौंमा बुधबार ६ः३० बजेसम्म ५.५ मिलिलिटर वर्षा मापन भएको विभागले जनाएको छ। रातिदेखि परेको पानी बुधबार दिउँसो केही समय रोकिए पनि बेलुकीपखबाट फेरि सुरु हुने मौसमविद् जनाएको छ । सुदुरपश्चिमबाट सक्रिय भएको पानी पर्ने प्रणाली बिहिबारदेखि पुर्वमा सक्रिय हुने भएको छ।

सम्बन्धित खबरहरु