तयार भयो २०७६ सालको आधिकारीक पात्रो : कुन चाड कहिले र कति विदा हेर्नुहोस


काठमाडौ । पञ्चाङग निर्णायक समितिले २०७६ सालको आधिकारीक पात्रो सार्वजनिक गरेको छ । समितिको केही दिनदेखि बसेको बैठकले पात्रो तयार गरेको हो । पात्रो अनुसार २०७६ सालको दसैं असोज १२ गतेदेखि शुरु हुने छ । बिसं २०७५ सालको तुलनामा आगामी वर्षको दशै १२ दिन अघि सरेको छ । पात्रो अनुसार १८ गते फुलपाती ,१९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ।

तिहार कातिक १० गतेदेखि शुरु हुने भएको छ । १० गते लक्ष्मीपुजा, ११ गते गोवर्धन र म्ह पुजा र १२ गते भाइटीका रहेको पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए। कातिक १६ गते छठ परेको छ । बैशाख २१ गते मातातीर्थ औशी, २४ गते अक्षय तृतीया, जेठ ४ गते बुद्धजयन्ती, साउन २० गते, नागपञ्चमी ३० गते र जनैपुर्णिमा भदौ ५ गते परेको छ।

आगामी वर्ष भदौ ६ गते कृष्ण जन्माष्टमी र सुदुरपश्चिममा मनाइने गौरा पर्व एकै दिन परेको छ । तर सुदुरपश्चिमका मानशखण्ड पञ्चाङग निर्णायक समितिले भदौ २० गते गौरापर्व उल्लेख गरेर पात्रो सार्वजनिक गरेको समितिले जनाएको छ। आगामी वर्ष गौरा पर्व कहिले मनाउने भन्ने विषयमा विवाद देखिएको छ । तर समितिका अध्यक्ष प्राडा गौतमले विद्धानहरुले महिनौ अध्ययन गरेर निकालेको साइत नै मान्य हुने दाबी गरे। ‘भदौ ६ गते गौरापर्व र कृष्णजन्माष्टमी हो, यसमा दुविधामा पर्नुपर्ने छैन,’ गौतमले भने।

समितिले आगामी वर्षका लागि १३ संस्थालाई पात्रो छाप्न स्विकृत दिइसकेको छ । समितिले सिद्धिलक्ष्मी, तोयानाथ, हिमाल, अठोला, तारकेश्वर, सुर्य, आकाश दर्शन, वगलामुखी, शुभ, वावा गोरखनाथ, किर्ति र सिद्धी संस्थालाई पात्रो छाप्न स्विकृत दिएको अध्यक्ष गौतमले जानकारी दिए। यस बर्ष भन्दा २०७६ सालमा १६ दिन सार्वजनिक विदा थप गरिएको छ । सरकारले विदा थप गराउन विभिन्न मन्त्रालयबाट सिफारिस मागेको थियो । सोही बमोजिम विदा थप गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

शिक्षा
स्नातक तह तेस्रो, छैटौ र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको नतिजा प्रकाशित [नतिजासहित]
एलएलबी दोश्रो वर्षको परीक्षाको नतिजा आउँदै
स्नातक तह प्रथम वर्षको परीक्षा तालिका (रुटीन) प्रकाशित
शिक्षा ऐनको यो व्यवस्था अनुसार अस्थायी शिक्षकहरुलाई एकैपटक विदा गरिने
स्नातक तह दोस्रो बर्ष तेस्रो सेमेस्टर र प्रथम बर्ष, प्रथम सेमेस्टरको परीक्षा तालिका प्रकाशित
हाम्रो सरकार

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर


भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !

विदेशबाट फर्कदा श्रीमतीले अर्कैको बच्चा गर्भमा बोकेको थाहा पाएपछि ! [हेर्नुहोस् दर्दनाक भिडियो]