वि.सं. २०७५ माघ १२ गते शनिबार तदनुसार ई. सं. २०१९ जनवरी २६ तारिख, आजको चाडपर्व र उत्सव : द्विपुष्कर योग राती १० बजेर २५ मिनेटपछि, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), माघ कृष्णपक्षको षष्ठी तिथि, बेलुका १०:२९ बजेसम्म, त्यसपछि सप्तमी तिथि, हस्ता नक्षत्र, बेलुका ०९:०४ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, आजको चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त), सुकर्मा योग, साँझ ०५:४३ बजेसम्म, त्यसपछि धृति योग, सुरुमा गर करण दिउँसो ११:१९ बजेसम्म, त्यसपछि वणिज करण बेलुका १०:२९ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५६ बजे र सूर्यास्त : साँझ ०५:३७ बजे

आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०९:३६ देखि १०:५७ सम्म, यमघण्ट : दिउँसो ०१:३७ देखि ०२:५७ सम्म, गुलिक काल : बिहान ०६:५६ देखि ०८:१६ सम्म, आजको वारवेला :– काल वारवेला : बिहान ०६:५६ देखि ०८:१६ सम्म, साँझ ०४:१७ देखि ०७:१७ सम्म र मध्यरात्रीपछि ०५:१६ देखि ०६:५६ सम्म, लाभ वारवेला : दिउँसो ०१:३७ देखि ०२:५७ सम्म र बेलुका ०७:१७ देखि ०८:५७ सम्म, उद्वेग वारवेला : दिउँसो १०:५७ देखि १२:१७ सम्म र बेलुका ०८:५७ देखि १०:३७ सम्म, शुभ वारवेला : बिहान ०८:१६ देखि ०९:३६ सम्म र बेलुका १०:३७ देखि १२:१७ सम्म, अमृत वारवेला : दिउँसो ०२:५७ देखि ०४:१७ सम्म र मध्यरात्रीपछि १२:१७ देखि ०१:५७ सम्म, चर वारवेला : दिउँसो १२:१७ देखि ०१:३७ सम्म र मध्यरात्रीपछि ०१:५७ देखि ०३:३६ सम्म, रोग वारवेला : बिहान ०९:३६ देखि १०:५७ सम्म र मध्यरात्रीपछि ०३:३६ देखि ०५:१६ सम्म

आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा स्त्रीको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने पानी खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

युवा ज्योतिष सुजल श्रेष्ठ, ज्योतिष परामर्श केन्द्र पाटन दरबार, (भीमसेन मन्दिरको ४ घर उत्तर दिशा) ललितपुर नेपाल । सम्पर्क फोन नं. ०१ – ५५४२९५८, मोबाईल ९८४१७६३५५९ । सुरु गरौँ आजको राशिफल । शुरु गरौ आजको राशिफलबाट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – रमाइलो दिनको सुरु भएको देखिन्छ । नया नया काम कुराहरु आउला । कहिँ तुरन्त घर बाहिर निस्कने काम आउला । बिना सित्तिमा सत्रु नबनाउनु होला । मुद्दा मामिलामा, बिबादमा अघि बढ्न पर्ने जस्तो होला, पूर्व तयारी गर्नु होला, सावधान हुनु होला । विवादास्पद कुरा वहन गर्नुपर्नेछ । पशुपालन तथा कृषि क्षेत्रमा दौड–धुप अलि होला । बिस्तारै बिस्तारै मात्र चुनौतीहरु पन्छाउँदै अघि बदन सकिनेछ । हरेस नखानु होला । भ्रमणको कुरा आउला वा जान पाईएला । गरिब दुखीको सेवाको अवसर आउला, सेवा गरि धर्म गर्ने मौका नगुमाउनु होला । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो । त्यसैले मंगल ग्रहको दिन अर्थात् मंगलबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र मंगलबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – व्यवसायको सन्दर्भमा सुभ, लाभ–प्रध देखिन्छ । आफुले गर्नु नपरिनइ सहयोगीहरूले राम्रो साथ दिनेछन् । कुनै संस्कृतिक पर्ब आदि आउन सक्लान । नया मित्रताहरुको लागि पनि राम्रो देखिएको छ, सम्बन्ध गढ़िन सक्छ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ त्यसैले किसान बर्गहरुको लागि राम्रो छ । यदि सम्मानले अरु सामु पेस आए गाह्रो काम सजिलो होला, , नभए सजिलो काम गाह्रो होला । फाइदा हुने काम प्राप्त हुन सक्छ । श्रमको मूल्यांकन होला, र सो अनुरुप पारिश्रमिक वा पेय पाइएला । तपाइको रासी बृष हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको दिन अर्थात् शुक्रबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र शुक्रबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –मेहनत गर्दा मात्र अलि बढी सफल होला । व्यावहारिक अलमलले काममा बाधा ल्याउला । वाहन, मोटर, कार आदि किन्ने जस्तो कुरो आउन सक्ला । आँटेको काममा अलि ढिलाई होला । अरूको मुख नताक्नु होला । प्रतिकुल स्थिति आउन सक्ने हुन्छ । अरुले त्यतिकै फसाउन सक्छन् । रमाइलो जमघट हुने जस्तो बातावरण देखिन्छ तर सबैमा सामेल आदि हुन नपाउन सक्ला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । बिबिद संघ संस्थामा जान आउन पाउला । तपाइको रासी मिथुन हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले बुद्ध ग्रहको दिन अर्थात् बुद्धबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र बुद्धबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आफ्नो सहकर्मी आदिहरुको माया लाग्ला, उनीहरुको काम आदि नै आफुले गर्ने मन होला । गुरुजनको सुझाव फलदायी होला त्यसैले आफ्नै मन खुसि मात्र नगर्नु होला । चुनौती पन्छाउँदै अघि बढ्न सकेनेछ । नाति नातिना आदिलाई गर्नु पर्ने कामहरु गर्न सकिएला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । खेलकुद आदिमा समाबेस हुन धेरै मन हुन सक्छ । परिवारमा सबैलाई माया बाटन प्रयास गर्ने मन होला । तपाइको रासी कर्कट हो जुन चन्द्रमाको रासी हो त्यसैले चन्द्रमाको दिन अर्थात् सोमबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र सोमबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – नौलो नौलो परिस्थितीहरु आउला, त्यसैले अली धपेडी जस्तो होला । धेरै आउछ भनि अरूको मुख नताक्नु होला, अरुबाट पाउने भन्दा आफ्नै युक्तिले बढी लाभ होला । खाना पकाउनु पर्ला वा मद्दत गर्नु पर्ला । धेरै बोल्दा समस्या आउन सक्छ । मुख समालेर बोल्नु होला, बिपक्षी कमजोर–बलियो जे भए पनि सत्त्रुता गरि रहन आबस्यकता छैन । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ, यदि नसुधारे अफ्फैलाई गाह्रने होला । तपाइको रासी सिंह हो जुन भगवान सुर्यको रासी हो त्यसैले सुर्यको दिन अर्थात् आइतबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र आइतबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – निस्कर्ष निकाली निर्णय गर्नमा ढिला होला । व्यतिको प्रभा अलि फिका हुँदा सबलाई अकर्षण पार्न अलि मेहनत गर्नु पर्नेछ । जो कोहि पनि व्यक्ति संग खुसि होला आजको दिन र आफुनै अलि दोधारमा होला । गृहस्ती जीवन राम्रो होला । घर–परिवार, सन्तान आदिबाट लाभ देखीन्छ । कार्यक्रम आयोजनामा सहभागी हुन पाउला । नया काम वा मान्छे फेला पर्न सक्छ त्यसैले सानो ठुलो जस्तो मान्छे होस् या रोजगार होस् त्यसलाइ द्वेस नराख्नु होला । चुनौती पन्छाउँदै अघि बदना सजिलो हुनेछ । जे बुद्धिमा आयो त्यहि बोलि फुट्न सक्छ । असाद्द्य पराक्रमद्वारा मात्र सामान्य कामहरु पनि बन्ला । तपाइको रासी कन्या हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले बुद्ध ग्रहको दिन अर्थात् बुद्धबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र बुद्धबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन्, हरेस नखानु होला । दैनिकीमा नसोचेको परिवर्तन आउन सक्छ । ब्यवसाहित वा टेक्निकल अलमलले काममा बाधा ब्यापधान ल्याउला । अरुको मिठो र चिप्लो कुरामा नआउनु होला, आफ्नै पराक्क्रमा विश्वास गर्नु होस् । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावलाइ गहिरो गरि लिएर चिन्तन मनन गरि महत्वोपूर्ण काममा अघि बढ्नु होला । तपाइको रासी तुला हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको दिन अर्थात् शुक्रबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र शुक्रबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आइपरेको चुनौतीहरु सबको साथ पाईनाले पन्छाउँदै अघि बदन सकेनेछ । मिलनसार मान्छेहरु संग भेट होला । यदि सम्मानले अरु सामु पेस आए गाह्रो काम सजिलो होला । नभए सजिलो काम पनि गाह्रो होला । व्यवसायको सन्दर्भमा सुभ–असुभ, लाभ–हानि दुबै देखिन्छ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुन सक्छ त्यसैले किसान बर्गहरुको लागि राम्रो हुने सम्भावना छ । बिद्द्यार्थीहरुको लागि पढाई लेखाइमा लाभ होला । मठ मन्दिर जान पाइएला वा जान पाउने कुरा होला । धेरै विद्युतीय उपकरण चलाउनु पर्ने काम आउला । तपाइको रासी बृश्चिक हो जुन मंगल ग्रहको रासी हो । त्यसैले मंगल ग्रहको दिन अर्थात् मंगलबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र मंगलबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – जमिन किन्न खोज्दै हुनु हुन्छ भने पाउने योग बनेको छ । छिमेक तिर वा टोल तिर अलि राम्रो भएको देख्न सकिएला । जीवनशैलीमा परिवर्तन आउन सक्छ, अर्थात् दैनिकी कामहरु बढेर आउने हुन्छ । जागिरदारहरुको लागि राम्रो काममा खट्न सकिनेछ , सहज होस् या गाह्रो होस् त्यो छुट्टै कुरा हो । रोकिएका काम बनाउन सकिनेछ । परिस्थितिवश चिताएको काम विलम्ब हुनेछ । कामको अलमल हुनेछ । रोजगारीबाट जिम्मेवारी बढेर आउने । आजको दिन सास्कृतिक रुपमा महत्त्वपूर्ण हुने छ । तपाइको रासी धनु हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको दिन अर्थात् बिहिबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र बिहिबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – लेख्ने पढ्ने काम बढ्छ तर केहि अबरोध भने आउछ । आँटेको काममा अलि ढिलाई होला । अरूको मुख नताकि कन सुइ सुइ आफ्नै काम गर्दै रहनु होला । गुरु जनहरुको साथ पाईएला र सेवा गर्नु पर्ने पनि होला । घुमफिरको समय र बातावरण तयार गर्नु पर्ला । नाति नातिना आदिलाई केहि गर्नु पर्ने कामहरु आउला । खेलकुदमा मन भइ त्यसमा समाबेस हुनु पर्ने भइएला । ठुलो ठुलो काममा भन्दा सानोमा मन होला । यसो हेर्दा समय राम्रो छ पारिवारिक कुराहरु बिस्तारै बिस्तारै बढेर आउने र हप्ता दिन जति चल्न सक्ला । तपाइको रासी मकर हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको दिन अर्थात् सनीबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र सनीबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – भान्छा मा काम धेरै बढेर जाला । मिठो मिठो खाना मन होला । ब्यापारीहरुको लागि राम्रो छ । बैक आदिको काम गर्नु पर्ला । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । व्यावसायिक काममा मनग्गे लाभ हुनेछ । व्यापार लगायत अनि क्षेत्त्रमा राम्रो देखिन्छ र कर्जा लिनुपर्ने हुन सक्छ । तपाइको रासी कुम्भ हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको दिन अर्थात् सनीबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र सनीबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – अरुको सानो सहयोगले धेरै खुसि होला र आफुलाई र अरुलाई बराबर सम्मानले आउने हुनेछ । सुखको समय भए पनि किन किन खल्लो भएको जस्तो होला, निरास नहुनु होला । रोकिएका काम धेरै नभए पनि सक्ने जति बनाउन सकिनेछ । धेरै बोल्दा समस्या आउन सक्छ, अर्थको अनर्थ सोच्लान । मेहनत गर्दा काम बन्न सक्छ । अरूका व्यवहारमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । निर्णय गर्ने दक्षता आफै आउनेछ । माया गर्ने मान्छेहरुको याद आउला । मित्रहरु वा कोहि पनि चाहिदैन एक्लै ठिक छु भन्ने हुन्छ । तपाइको रासी मिन हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको दिन अर्थात् बिहिबार तपाइलाई प्राय राम्रो हुने गर्दछ । बिहिबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

सम्बन्धित खबरहरु