काठमाडौं । अहिले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भारतले नेपाली नदी रोकेर बनाएको बाँधको चर्चा गरिरहेका छन । वास्तवमा अचानक यो कुरा किन चर्चामा रहेको छ भने, ब्राजिलको एउटा कच्चा फलाम खानीमा रहेको बाँध भत्किँएको छ ।

बाँध भत्कीँदा कम्तीमा ३४ जनाको ज्यान गएको छ भने ३ सय भन्दा धेरै हराइरहेका छन् । ५० जनाको जीवितै उद्दार गरिएको बीबीसीले जनाएको छ । उद्दार गरिएकामध्ये २३ जनाको उपचार भइरहेको छ । ब्राजिलको दक्षिण पूर्वस्थित मेनस जेराइस राज्यको ब्रोम्हेडिन्हो शहर नजिकै रहेको खानीमा कामदारले खाना खाइरहेका बेला शनिबार बाँध भत्किएको हो ।

बाँध भत्किँदा हराइरहेकाको खोजी भइरहेपनि उनीहरुलाई जिवितै भेट्ने सम्भावना कम मात्र रहेको सरकारी अधिकारीले बताएका छन् । ब्राजिलकै ठूलो मध्येको एक प्राकृतिक विपत्ति मानिएको मेरियाना बाँध भत्किएको ३ वर्षपछि यो घटना भएको हो । घाइतेहरुको उपचारका लागि रगत्त आवश्यक पर्ने अस्पतालले जनाएको छ । रगत अभाब भएकाले रक्तदान गर्न अपिल गरिएको छ ।

सम्बन्धित खबरहरु