काठमाडौं । करिब १०० जना पाहुना सहभागी एक वैवाहिक समारोह चलिरहेको होटेललाई पहिरोले बगाउँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । यो दुर्घटना पेरुको लिमामा भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । घटनामा कम्तीमा ३४ जना गम्भिर घाइते भएका बताइएको छ । “होटेलको पर्खालबाट जोडसाथ विवाहस्थलमा एक्कासी छिरेको पहिरोले अवान्से शहरमा वैवाहिक कार्यक्रममा सहभागी १५ जनाको मृत्यु भएको छ ।

३४ जना गम्भिर घाइते भएका छन्,” शहरका सरकार प्रमुख इभारिस्तो रामोसलाई उद्धृत गरी स्थानीय आरपीपी रेडियोद्वारा प्रसारण गरिएको समाचारमा बताइएको छ । घाइते सबैलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ भने पहिरोमा परी हराएका केहीको खोजीकार्य जारी रहेको पेरूको प्रहरीले जनाएको छ । एजेन्सी

सम्बन्धित खबरहरु