काठमाडौं । चीन सरकारले निर्माण गरेको कोटेश्वर–कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनिया राजदुत होउ यान्छीले सडक हस्तान्तरण गरेका हुन ।

चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १० किलोमिटर ४ सय मिटर सडक विस्तार गरेको थियो । करिब ५ अर्ब अनुदान सहायतामा चीनले उक्त सडक खण्ड विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । चीनले सडक हस्तान्तरण गरेलगत्तै प्रधानमन्त्री ओलीले त्यस सडक खण्डको उद्घाटन छन ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सडक विस्तार गरी हस्तान्तरण गरेकोमा चीन सरकारप्रति आभार व्यक्त गरे । चीनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, सडक निर्माणको क्षेत्रमा विगतदेखि नै पुर्‍याउँदै आएको सहयोगको पनि त्यस अवसरमा प्रधानमन्त्री ओलीले खुलेर प्रशंसा गर्न भ्याएका छन ।

प्रधानमन्त्री ओलीले हिमाल, पहाड र नदीबाट सुरु भएको चीनसँगको सम्बन्ध समस्यासहित रहेको पनि उल्लेख गरेका छन । उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई सफल बनाउन छिमेकीको सहयोग आवश्यक भएको जनाए । कार्यक्रममा नेपालका लागि चिनिया राजदुत यान्छीले नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न चीन सरकार प्रतिबद्ध रहेको बताए ।

सम्बन्धित खबरहरु