वि.सं. २०७५ माघ १५ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ जनवरी २९ तारिख, आजको मूहुर्त : शुभविवाह, अग्निवास(होमादि), कलशचक्र, माघ कृष्णपक्षको नवमी तिथि, बेलुका ०७:२५ बजेसम्म, त्यसपछि दशमी तिथि, विशाखा नक्षत्र, बेलुका ०७:५३ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, भोलिको चन्द्रमा तुला राशिमा, दिउँसो ०१:५० बजेसम्म, त्यसपछि बृश्चिक राशिमा, गण्ड योग, दिउँसो ११:१७ बजेसम्म, त्यसपछि बृद्धि योग, सुरुमा तैतिल करण बिहान ०७:३७ बजेसम्म, त्यसपछि गर करण बेलुका ०७:२६ बजेसम्म, अन्तिममा वणिज करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५५ बजे र सूर्यास्त : साँझ ०५:४० बजे

आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०२:५९ देखि ०४:१९ सम्म, यमघण्ट : बिहान ०९:३६ देखि १०:५७ सम्म, गुलिक काल : दिउँसो १२:१७ देखि ०१:३८ सम्म आजको वारवेला :– रोग वारवेला : बिहान ०६:५५ देखि ०८:१६ सम्म, साँझ ०४:१९ देखि ०७:१९ सम्म र मध्यरात्रीपछि ०५:१६ देखि ०६:५५ सम्म, काल वारवेला : दिउँसो ०१:३८ देखि ०२:५९ सम्म र बेलुका ०७:१९ देखि ०८:५९ सम्म, लाभ वारवेला : दिउँसो १०:५७ देखि १२:१७ सम्म र बेलुका ०८:५९ देखि १०:३८ सम्म, उद्वेग वारवेला : बिहान ०८:१६ देखि ०९:३६ सम्म र बेलुका १०:३८ देखि १२:१७ सम्म, शुभ वारवेला : दिउँसो ०२:५९ देखि ०४:१९ सम्म र मध्यरात्रीपछि १२:१७ देखि ०१:५७ सम्म, अमृत वारवेला : दिउँसो १२:१७ देखि ०१:३८ सम्म र मध्यरात्रीपछि ०१:५७ देखि ०३:३६ सम्म, चर वारवेला : बिहान ०९:३६ देखि १०:५७ सम्म र मध्यरात्रीपछि ०३:३६ देखि ०५:१६ सम्म

आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा स्त्रीको नेतृत्वमा उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने अमला वा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

युवा ज्योतिष सुजल श्रेष्ठ, ज्योतिष परामर्श केन्द्र पाटन दरबार, (भीमसेन मन्दिरको ४ घर उत्तर दिशा) ललितपुर नेपाल । सम्पर्क फोन नं. ०१ – ५५४२९५८, मोबाईल ९८४१७६३५५९ । सुरु गरौँ आजको राशिफल । शुरु गरौ आजको राशिफलबाट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नारीहरुको लागि राम्रो छ, खोजेकै सामानहरु मिल्ला । खर्च लागे पनि दिगो फाइदा पछि होला । कर्जा लिनुपर्ने वा दिनु पर्ने जस्तो हुन सक्छ । केही दौडधुप गर्नुपर्ला र संघर्स गर्नु पर्ला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ, यदि नसुधारे अफ्फैलाई गाह्रो होला । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । बोल्ने बानीले सबैलाई समेट्ने प्रयास गर्नुहोला । मेहनत गर्दा बिस्तारै काम बन्नेछ । नया भोजन गर्न मन लाग्न सक्दछ । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो त्यसैले तपाईले मंगल ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –स्वास्थ्य सबल रहनेछ । काम बनोस या नबनोस सन्तुष्ट रहनेछ । व्यावहारिक अलमलले काममा बाधा ल्याउला । सहयोगीहरूले केही समस्या भने बधाउन सक्छ वा भनौ छिटो काम नगरी देला । अरुले त्यतिकै फसाउन सक्छन्, वा ठुलो ठुलो आस्वासन देला, हावा कुरामा विश्वास नगर्नु होला । मन प्रसन्न नै रहला । आफुलाई र अरुलाई बराबर सम्मानले आउने हुनेछ । अरुको सानो सहयोगले धेरै खुसि होला । माया गर्ने मान्छेहरुको याद आउला । तपाइको रासी बृष हो जुन शुक्र ग्रहको रासी हो त्यसैले तपाईले शुक्र ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – दैनिकीमा धेरै परिवर्तन आएपनि मन स्तिर नै रहला । चाहिने सर सामानको खोजबिन होला । युक्तिले र लगनशीलताले बिग्रेको कुरा–काम आदि जहा बाट पनि मिलाउन सकिएला । आफुले अरुको लागि सहयोग र समय दिनु पर्नेछ । बिना सित्तिमा सत्रु नबनाउनु होला । कसरि ऋण चुकाउ भनि व्यवस्था मिलाईएला । भौतिक साधनले जीवनशैलीमा सहजता आउला । धार्मिक यात्रा आदिको अवसर जस्तो आएको देखिन्छ । सापटी दिन–लिन सकिएला । तपाइको रासी मिथुन हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले तपाईले बुद्धलाइ मान्दा राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – यात्राहरु गर्ने अवसर बढेर आएको देखिन्छ । पारिवारिक माहोल आउन सक्दछ । सृजनात्मक लगनशीलता बढ्नेछ । सफलता दिलाउनेछ । छोरा छोरीहरुले आमा बुवा भनेर सम्झेलान र हाल खबर सोध्लान । धेरै भाइ बहिनीहरु संग जमघट हुन सक्छ । प्रियजनको सहयोग नमिल्नाले चोट मिल्नेछ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । जति मिहिनेतल गर्यो उति आम्दानीहरु बढाउनेछ । फाइदा हुने काम प्राप्त हुन सक्छ । तपाइको रासी कर्कट हो जुन चन्द्रमाको रासी हो त्यसैले तपाईले चन्द्रमालाइ मान्दा राम्रो हुन्छ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – घर–छिमेक सबैलाइ फाइदा हुने काम प्राप्त हुन सक्छ । केही चुनौती देखिए पनि मनमा भएजति पुरा गर्न नसक्ने नहोला । प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन् । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले गर्दा फाइदा हुनेछ । बिबिद संघ संस्थामा चहारिनु पर्नेछ, अर्थात् संस्थागत कामहरुमा अभिवृद्धि हुनेछ । प्रियजनको भेटघाटले दिन रमाइलो रहनेछ । आमा आदिको बिषेश याद आउला । भौतिक साधनले गर्दा जीवनशैलीमा सहजता आउला । तपाइको रासी सिंह हो जुन सुर्यको रासी हो त्यसैले तपाईले सुर्यलाइ मान्दा राम्रो हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – अनुकुल स्थिति आउन सक्ने हुन्छ । बिग्रेको काम कुरा नै आफै बन्ने बातावरण मिल्ला । यात्राको अलि माहोल बनेको छ, तर घुम्न नै पाउला भने भन्न सकिन्न । इज्जत र सम्मान पाउनु पर्ने ठाउँ बाट पनि पाउन कम भएको जस्तो होला । आफ्नो भन्दा गन्ने सुन्ने मान्छेको कुरा दब्दबा होला । आजको दिन धेरै महत्त्वपूर्ण हुनेछ । नया काम फेला पर्न सक्छ । चुनौती पन्छाउँदै अघि बदना सकेनेछ । गुरु जनहरुको आसिर्वाद पाईएला । बिबाह आदि मंगलमय पर्व होला । तपाइको रासी कन्या हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले तपाईले बुद्धलाइ मान्दा राम्रो हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – स्वास्थ्य सबल बनाउन सकिएला । राम्रो पनि भएर आउला । काम कुरा आदिलाई छिटो सकाइ मुक्त हुन मन होला । काम रोकिन लागेको जस्तो भएर मन खिन्न हुनेछ तर चिन्ता गर्नु पर्दैन काम सब बन्ने छ । दैनिकी चाहिने बस्तुहरु खरिद गर्नु पर्ला । थोरै लाभको मात्र सम्भावना देखिन्छ हालको समयमा । सहयोग गर्नेहरू आफै भेटिनेछन् । चिन्ता गर्नु पर्दैन, प्रतिस्पर्धीहरूले हार खानेछन् । केही चुनौती देखिए पनि मनमा भएजति पुरा गर्न नसक्ने नहोला । तपाइको रासी तुला हो जुन शुक्र ग्रहको रासी हो त्यसैले तपाईले शुक्र ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – रोगलाइ दबाउन अलि गाह्रो होला । बिरामी भए बिस्तारै मात्र ठिक होला । तपाइको गौरव गर्ने क्रियालाई अरुले घमण्डको रुपमा लिन सक्ला । कोहि न कोहि मान्छे भेटघाट भइ नै रहनेछ । सन्तानको सहयोग लाभदायी बन्नेछ । काम संग सम्बन्धित् जनहरुलाइ भेटिएला वा भेटघाट गर्न जान पाउला । श्रमको मूल्यांकन होला । नयाँ काममा हात हाल्ने समय छ । अलि प्रयत्न गरे रोकिएका काम बनाउन सकिनेछ । काम वा धननै सब थोक होइन सान्ति पनि चाहिने भन्ने बिचार आउने हुन्छ । जे बुद्धिमा आयो त्यहि बोलि फुट्न सक्छ । तपाइको रासी बृश्चिक हो जुन मंगल ग्रहको रासी हो त्यसैले तपाईले मंगल ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – कर्जा लिनुपर्ने सोच आउन सक्छ वा लिइएला । अकस्मात मित्रता स्थापित गर्न सकिनेछ । स्वास्थ्य ठिकै रहनेछ, रोगादी दबाउन सकिन्छ । खर्च लागे पनि दिगो फाइदा पछि होला । पशुपालन तथा कृषि क्षेत्रमा नया पाठ सिकिएला । बाहिरिए काममा हात हाल्ने समय छ । घुमफिरको समय आएको छ । रोगलाइ दबाउन सकिएला । स्वास्थ्य बिस्तारै राम्रो होला । मुद्दा मामिलामा अघि बढ्न पर्ने जस्तो होला । सुरुमा एक्लै भएपनि पछि सहयोग गर्नेहरू भेटिनेछन् । पराक्रमद्वारा असाद्द्य कामहरुमा लाग्नु पर्नेछ । पशुपालन तथा कृषि क्षेत्र विकास, सुधार संसोधन देखिन्छ । तपाइको रासी धनु हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले तपाईले बृहस्पति ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – पढाई लेखाइमा लाभ होला । संस्कृतिक कामहरुमा लाग्नु पर्ला । धेरै विद्युतीय उपकरण चलाउनु पर्ने काम आउला । घुमफिरको समय छ । धन संचयहरु कम नै होला । यथेष्ठ धन कमाएपनि अभाव जस्तो होला । आफ्नो दाइ वा दिदि भन्नु पर्ने मान्छेहरुको साथ र सहयोग पाउनु सत्ता झन् उनीहरुले काम कुरा ढिला पार्लान । रोकिएका काम बनाउन सकिनेछ । जिउ दुखने समस्या भए त्यसलाई निवारण गर्ने तिर लाग्न सकिनेछ । केहि लेखहरु वा कागज तयार पर्नु पर्ने होला । तपाइको रासी मकर हो जुन सनी ग्रहको रासी हो त्यसैले तपाईले सनी ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आजको दिन सास्कृतिक रुपमा महत्त्वपूर्ण हुने छ । बाहिर जान्छु भन्दा भन्दै एक्कै ठाउमा थन्किएला । तपाइँले गर्ने व्यवसायको सन्दर्भमा प्रगति देखिन्छ, सुधार, सम्बर्धन गर्दै जानु पर्ने कामहरु धेरै आउला । सफलताको सम्भावना बढेर आएको देखिन्छ । केहि नभएपनि सानो २–३ वोटा भएपनि अबस्य कामहरु बन्नेछ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । छिमेक तिर वा टोल तिर अलि राम्रो भएको देख्न सकिएला । तपाइको रासी कुम्भ हो जुन सनी ग्रहको रासी हो त्यसैले तपाईले सनी ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा लाभ होला तर केहि अबरोध पनि आउनेछ । बुद्धि लागे समय मिलाउनु होला । केही संघर्ष गर्नुपर्ला जस्तो देखिए ता पनि छिट्टै सफलता पाउनु हुनेछ । जिम्मेवारी बढिरहनेछन्, मान सम्मानको चिन्ता होला । नाति नातिना आदि केहि समय छुटिएला । तिर्थ यात्रा वा कुनै किसिमको भ्रमणको कुरा आउला वा जान पाउला । जन्मदिन वा ब्रतबन्ध आदि महोत्सव होला । अरुले इज्जत गर्नेछ । सम्मान गर्नेछ र गन्ने सुन्ने मान्छे मान्नेछ । आजको दिन वर पर घुमिरहनु पर्ने जस्तो बनाइदिन सक्छ । तपाइको रासी मिन हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको रंग जस्तै पहेको, सुन रंग राम्रो हुन्छ ।

सम्बन्धित खबरहरु