काठमाडौं । लामो समय देखि पुर्व युवराज पारश शाह हृदयाघातको बिकार हुने गरेका छन । हिजो अचानक फेरि तेस्रोपटक ह्रदयघात भएर काठमाडौंको नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका पूर्वयुवराज शाहको स्वास्थ्यमा सामान्य सुधार आएको अस्पतालले जनाएको छ । यद्यपी उनको अवस्था खतरामुक्त भने भइ नसकेको जनाएको छ । हृदयाघात भएपछि उनलाई हिजो अपराह्न अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालले गरेको परीक्षणमा उनलाई कडा हृदयाघात भएको पाइएको थियो । अस्पतालका मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट नेतृत्वको चिकित्सकको टोलीले उनको मुटुको शल्यक्रिया गरेको थियो । अस्पतालले शाहको मुटुको धमनी पूर्णरुपमा बन्द भएकाले कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपणको काम सफलतापूर्वक गरी सीसीयुमा राखिएको जनाएको छ ।

सम्बन्धित खबरहरु