बिबाहको मौसम छ । सायद बिबाहको समारोह र भोजले नछुने कमै हुन्छन् । पछिल्लो समयकी चर्चित कलाकार रक्षा श्रेष्ठपनि बैबाहिक माहोलमा देखिएकी छिन् । अत्यन्तै आकर्षक लुक्समा भेटिएकी उनलाई हामीले लभगुरु मन्त्र के हो भनेर सोधेका थियौँ । उनले प्रेम गर्न भनेर कसैको पछि लाग्नु मुर्खता हो । मैले अभिनय गरिरहेको हास्यश्रृंखला भद्रगोलमा जसरी जिग्री मेरो पछि लागेको छ, त्यसरी पछि लाग्दा माया होइन, घृणाचाहिँ पाइन्छ ।

विशेष गरी महिला मित्रलाई असल मित्र बनेर देखाउनुहोस् । प्रभावित गर्न पहिले आफ्नो मन र व्यवहार असल हुनुपर्छ । फलानोसँग प्रेम गर्छु र उसैलाई पाउँछु भन्नु चलचित्रको कथामा मात्र सुहाउँछ । वास्तविकतामा जोसँग प्रेम गर्न खोजिएको हो, उसको मनोभाव एवं चाहना पनि बुझ्नु आवश्यक हुन्छ । प्रेममा परिसकेपछि पर्याप्त इमान्दारिता चाहिन्छ । इमान्दार रहन सकिएन भने सम्बन्ध बिग्रन बेर लाग्दैन ।

आफ्नो समस्या र आवश्यकताभन्दा पनि उसको समस्यामा बढी ध्यान दिँदा उसले पनि आफ्नो समस्या एवं आवश्यकतामा ध्यान दिन्छ भन्ने कुरा बिर्सनु हुँदैन । सायद यो गुरुमन्त्र युवा पिडिलाई खुबै काम लाग्न सक्छ । हेरौ उनका केही म्यारिज लुक्स ।

सम्बन्धित खबरहरु