काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सेन्सर जडित स्वचालित सडकबत्ती जडान सुरु गरेको छ । मेयर उज्यालो कार्यक्रअन्तर्गत हालसम्म ३२ वडाका मुख्य सडकमा ३ हजार ८ सय बत्ती जडान भएका छन् । अँध्यारो हुन थालेपछि आफैं बल्ने र उज्यालो हुनासाथ निभ्ने गरी सेन्सर जडित बत्ती जडान गरेको कामपाले जनाएको छ ।

ती बत्तीको होल्डरमा सेन्सर जडान गरिएको छ । कामपाले ५०, ३० र २४ वाटको बत्ती जडान गरेको जनाएको छ । कामपाका प्रवक्ता ईश्वरमान डंगोलले करिब शहरभरि १० हजार बत्तीको माग भए पनि हालसम्म २ हजार ८ सय स्वचालित सडकबत्ती जडान गरिएको जानकारी दिनुभयो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु