काठमाडौँ । अनसनरत डा. गोबिन्द केसी र उनको नाममा आन्दोलन गर्ने सबै चिकित्सक अब कार्बाहीको भागिदार बन्नुपर्ने भएको छ । सरकारले डा. केसीले देशको विद्यमान ऐन कानून बिपरित आन्दोलन गरेको र डा. केसीको बहानामा धेरै चिकित्सकहरु आन्दोलनमा उत्रिएकाले कानून बमोजिम कार्बाही गर्ने गृहकार्य थालेको हो ।

माग राखेर अस्पताल बन्द गरी सडकमा उफ्रने चिकित्सकहरुलाई एकै पटक बर्खास्त गर्ने तयारी गरेका छौ शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयका एक अधिकारीले जनबोलीलाई जानकारी दिए । आफू मातहतको अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी सेवा बन्द गरी गोविन्द केसीका नाममा सडकमा उफ्रेर बसेको रिपोर्ट मन्त्रालयमा आएको छ । मन्त्रालयले बिद्यमान कानून बमोजिम कारबाहीको तयारी थालेको छ उनले भने ।

मन्त्रालयले कारबाहीको तयारी स्वरुप त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा अध्यक्षलाई पत्र लेखी तत्काल पठनपाठन र अस्पताल यथावत रुपमा सञ्चालन गराउन भन्दै निर्देशनात्मक पत्राचार गरिसकेको छ । यो पत्र पाउनासाथ अस्पतालले अस्पताल परिसरमा कुनै अनसन, धर्ना तथा आन्दोलन नगर्न कडा निर्देशन दिइसकेको छ । यही नै कार्बाही थलनीको शुरुवात हो मन्त्रालयका अधिकारी भने ।

यसअघि मन्त्रालयको निर्देशनमा अनशनका नाममा कांग्रेस निकट चिकित्सकले गाडेको टेण्टसमेत हटाइएको थियो । स्रोतका अनुसार शिक्षमन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा बसेको मन्त्रालयको बैठकले पठनपाठन र अस्पताल यथावत रुपमा सञ्चालन गराउनका लागि त्रिविलाई पत्राचार गर्ने निर्णय गरेको थियो । अब निर्णय कार्यान्वयन नगरी केसीको नाममा अस्पताल जवर्जस्ती बन्द गराएर आन्दोलन गरे त्यस्ता चिकित्सक र स्वास्थ्यकर्मीलाई छानीछानी बर्खास्त गर्ने त्रिवि स्रोतले जनाएको छ ।

सेवाग्राहीलाई नै असर गर्ने गरी अस्पतालमा बन्द हड्ताल गर्नेलाई पहिचान गरी बर्खास्त गर्न मन्त्रालयले सहमति दिएको जनाएको छ । यसअघि सोमबार त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले अस्पताल परिसरभित्र कुनै धर्ना, विरोध तथा बन्द हड्तालका कार्यक्रम नराख्न तथा नगर्न आग्रह गरेको थियो । नेपाली कांग्रेस निकट चिकित्सकहरूले सोमबारबाट रिले अनशन सुरू गरेपछि अस्पतालले यस्तो आग्रह गरेको हो ।

अनशन, रिले अनशन तथा आन्दोलनले आम सर्वसाधारणको स्वास्थ्यको उपचारमा बाधा उत्पन्न हुने प्रति अस्पतालले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै नियमित स्वास्थ्य सेवा प्रदान गर्न आफ्ना स्वास्थ्यकर्मीलाई विज्ञप्तिमार्फत आग्रहसमेत गरेको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्काद्वारा जारी विज्ञप्तिमा शिक्षण अस्पताल जस्तो सर्वसाधारण जनताको पहुँचमा रहेको अस्पतालमा स्वास्थ्य सेवा प्रभावित बनाउन नहुनेमा जोड दिइएको छ । मन्त्रालयको सहमतिपछि त्रिवि स्वयं यसरी अघि बढेको हो । अस्पताल चिकित्सक र प्रशासकले अटेर गरे त्रिवि मातहत रहेको उक्त अस्पतालका चिकित्सलाई त्रिविले नै जागिरबाट हात धुन बाध्य बनाउनेछ ।

सम्बन्धित खबरहरु