काठमाडौँ । नेपालमा पछिल्लो समय चीन विरोधी गतिविधिहरु बढ्दै गएको भन्दै चीनले चिन्ता जनाएको छ । बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ यान्छीले शिष्टाचार भेटमा यस्तो चिन्ता गरेकी हुन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको छ ।

भेटमा गृहमन्त्री थापाले राजदूत यान्छीलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल–चीन सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरेका छन । उनले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तरतका लागि आग्रह गरे ।

थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता जनाए । उनले राजदूत यान्छीमार्फत चीनका सामाजिक सुरक्षा मन्त्रीलाई नेपाल भ्रमणको निम्तो समेत दिए । राजदूत यान्छीले नेपालले चीन विरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास दिइन् ।

सम्बन्धित खबरहरु