काठमाडौं । अहिले तरकारी बजार हरियो सागसब्जीले भरिएको छ । रायोदेखि चम्सुर, पालुङ्गो लगायतका अनेकौ साग अहिले बजारभरी देख्न पाइन्छ ।

यस्ता सागसब्जी जति स्वादिलो हुन्छ, यसमा रहेको पौष्टिक तत्वले शरीरलाई त्यति नै पोषण प्रदान गर्छ ।

आज हामी चर्चा गर्दैछौं मेथीको सागको बारेमा, आउँनुहोस् जानौं यसका केही चमत्कारीक लाभका बारेमा....

मेथीको हरियो साग खानाले पाचन तन्त्रले सुचारु रुपमा काम गर्छ र कब्जियत, ग्यास लगायतका समस्याबाट मुक्ति दिलाउँछ ।

मेथीको साग खानाले जोर्नीको दुखाईसमेत कम हुन्छ । मेथीको साग तथा भिजाएको मेथीलाई तारेर खाने गर्नुपर्दछ ।

पेटमा जुका वा किरा परेमा पनि मेथीको सेवन प्रभावकारी मानिन्छ । मेथीको पत्तिलाई पिसेर त्यसबाट निकालिएको रसलाई प्रत्येक दिन सेवन गरेमा पेटको किराको समस्या कम हुने गर्छ ।

मेथीले चिसो लाग्नबाट शरिरलाई जोगाउँछ । प्रत्येक दिन यसलाई कुनै न कुनै विधिबाट सेवन गर्नाले चिसो लाग्दैन ।

मधुमेहका बिरामीले प्रत्येक दिन मेथीको पत्ताको रस निकालेर पिएर यसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ ।

अनुहारमा मेथीलाई पिसेर लगाउनाले अनुहार चमकदार र कसिलो हुन्छ । साथै, यसले छाला नरम बनाउने हुँदा सुख्खा छाला भएका व्यक्तिहरुका लागि पनि मेथी निकै उपयोगी हुन्छ ।

मेथीको पत्तामा प्याज हालेर खाएमा उच्च रक्तचापको समस्या कम हुने गर्छ भने न्यून रक्तचाप भएका व्यक्तिका लागि मेथी मिसाइएको तरकारी निकै लाभदायक हुन्छ ।

नियमित रुपमा मेथीको सेवनले मुटुसम्बन्धी समस्या कम गर्न मद्दत गर्छ । यसले हृदयघातको सम्भावनालाई न्यून बनाई शरीरलाई स्वस्थ राख्न मद्धत गर्छ ।

लगातार रुपमा मेथीको सेवनले तौल नियन्त्रित गर्न समेत मद्दत गर्छ । शरीरमा जमेको बोसो क्रमिक रुपमा कम हुँदै जान्छ ।

बारम्बार पिसाब लागेमा मेथीको पत्ताको रसलाई नियमित रुपमा सेवन गरेमा यो समस्या तुरुन्तै खत्तम हुन्छ । एजेन्सी

सम्बन्धित खबरहरु