काठमाडौं । युएई विरूद्ध टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले सुःखद सुरुवात गरेको छ । नेपालका लागि सोमपाल कामीले दोस्रो सफलता दिलाएका छन् । सोमपालले आफ्नो व्यक्तिगत दोस्रो ओभरको तेस्रो बलमा युएईका गुलाम सहबरलाई आउट गरेका हुन् । युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो टि–२० खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको हो । तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा यूएईलाई २–१ ले पराजित गरेको नेपाल टी–ट्वान्टी क्रिकेटको पनि सिरिज जित्ने लक्ष्यमा छ ।

यसअघि पहिलो विकेट सन्दिप लामिछानेले लिएका थिए भने आफ्नो व्यक्तिगत पहिलो ओभरको पहिलो बलमै सन्दीपले विकेट लिएका थिए । सन्दीपले युएईका ओपनर आस्फाक अहमदलाई २ रनमा बसन्त रेग्मीको हातबाट क्याच आउट बनाएका थिए। यो सँगै सन्दीपको टी ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू विकेट हो । आईसीसी क्रिकेट एकेडेमीमा यूएईले टस हारेर पहिले ब्याटिङ गरेको हो । तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा शतप्रतिशत जित हात पार्ने लक्ष्य बनाएको छ ।

सम्बन्धित खबरहरु