काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज जितेको नेपाल टी(ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत आज घरेलु टोली यूएईसँग पहिलो खेल खेलिरहेको छ । नेपाल लगातार सफलता चुम्दैं गइरहेको छ । नेपालको तर्फबाट सोमपाल कामी सन्दिप लामिछानेले उतकृष्ट पर्दशन गरिरहेका छन । दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा चलिरहेको तीन टी(ट्वान्टी सिरिज अन्तर्गत नेपालले पहिलो खेल युएईसँग खेलिरहेको छ ।

नेपालका लागि अर्को सुःखद खबर आएको छ । युएई विरूद्ध टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले तेस्रो सफलता हात पारेको छ । नेपालका लागि बसन्त रेग्मीले तेस्रो विकेट लिएका हुन् । उनले आफ्नो व्यक्तिगत पहिलो ओभरको पाँचौ बलमा युएईका सिपी रिजवानलाई २२ रनमा आउट बनाए । यसअघि सोमपाल कामी र सन्दीप लामिछानेले समान १ विकेट लिएका थिए।

 

 

सम्बन्धित खबरहरु