काठमाडौ । चिकित्सक डाक्टर गोबिन्द केसीले आफ्नो १६ औ आमरण अनसन २४ औ दिनमा आफै तोडेका छन् । भर्खरै पत्रकार सम्मेलन गर्दै केसीले सरकार लाचार भएकाले आफु अनसन त्याग्न बाध्य भएको बताए । लाचार सरकारले विगतमा आफुसँग गरेको सम्झौता कुल्चिएर चिकित्सा शिक्षा विधेयक संसदमा पेश गरेर पास समेत गराएकाले अनसन तोडेको बताए ।

अब चिकित्सा शिक्षा विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष जाँदैछ । अनसन तोडेर विधेयक फिर्ता पठाउन राष्ट्रपति समक्ष आग्रह गर्छु । यदि राष्ट्रपतिले जनताको पक्षमा निर्णय लिएर विध्येक फिर्ता लिएमा हाम्रो जित हुनेछ । नत्र आन्दोलन त हुन्छ हुन्छ । १७ औ अनसनपनि अबश्य बस्नेछु डा. केसीले पत्रकार समक्ष भनेका छन् ।

यसअघि सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले डा. केसी प्रतिपक्ष नेपाली कांग्रेसको गोटी बनेर अनसन बसेको दावी गर्दै आएका थिए । अनसन विपक्षी दल नेपाली कांग्रेसले बोकेको भरमा भएको भन्दै सत्तारुढ दलका शीर्ष नेताहरुले किटान नै गरेका थिए । हिँजो र अस्तिका घटनाक्रम हेर्ने हो भनेपनि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा देखि विभिन्न शीर्ष नेताहरुले अनसन तोड्न आग्रह गरेका थिए ।

आग्रहपछि डा. केसीले एकतर्फी रुपमा अनसन तोड्ने निर्णय लिएका छन् । यो निर्णय बाहिरीएसँगै सत्तापक्ष नेताहरुले लगाउँदै आएको आरोप सत्य हो की भन्ने देखिएको छ । २४ औं दिनमा उनले अनसन तोड्ने निर्णय लिएका हुन् । केसीले शुक्रबार बेलुका ७ बजे त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलमा पत्रकार सम्मेलन आयोजना गरेर अनसन तोडेका छन् ।

आफूसँग १५ औं अनसनका क्रममा भएको सहमति पालना गरी चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गर्दै अनसन बसे पनि सरकारले अनसनको बेवास्ता गर्दै संसदमा विधेयक पेश गरेको थियो । हाल चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको छ ।

केसीलाई पछिल्लो समय अनसन तोड्न चौतर्फी दबाव परेको थियो । पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्च स्तरीय कार्यदलका अध्यक्ष केदारभक्त माथेमालगायतले अनसन तोड्न केसीलाई छुट्टाछुट्टै रुपमा आग्रह गरेका थिए । यो आग्रह आएको केही दिनमा नै उनले आज अनसन तोडेका छन् ।

सम्बन्धित खबरहरु