काठमाडौं । पछिल्लो समय हाम्रो समाजमा प्रेम विवाहको प्रचलन बढ्दैं गएको छ । तर अहिले पनि धेरैं यस्ता गाउँहरु रहेका छन जहाँ प्रेम होईन मागी विवाह हुने गर्दछ । मागी विवाह केटाकेटीको सहमतिमा भन्दा पनि आमाबाबुको सहमतिमा हुने गर्दछ । यसमा छोराछोरीको भावना वा सोचलाई विचार गर्ने गरिएको हुँदैन ।

पारिवारीक रुपमा यो विवाह राम्रो हुने भए पनि कतिपय अवस्थामा भने यसले धोका दिने गर्दछ । यस्तैं घटना भारतको कानपुरमा भएको छ । जहाँ विहेको कुरा पक्का भएर जन्ती लिएर आएका केटापक्ष रित्तो हात फर्कनु परेको छ । दुलाहपक्ष जन्ती लिएर दुलहीकोमा पुगेको थियो तर अन्तिम चरणमा विवाह अचानक टुट्न पुग्यो । जब दुलहीले दुलाहलाई माला लगाउँने बेलामा अनुहार हेर्दै भनिन, “म यो केटासँग विवाह गर्दिन ।”

कानपुर बिल्हौरका धर्मशाला गाउँका प्रधान प्रवीण चन्दका अनुसार पुराना बारन्डा गाउँ निवासी विनोद कुमार कटियारले आफ्नी छोरीको विवाह उन्नाव जिल्ला गन्जमुरादाबाद क्षेत्र हसनपुर गाउँ निवासी राजेश कटियारका छोरा नन्हू कटियारसँग तय गरेका थिए । दुलहीका बाबु र दुलाह पक्ष बिच विवाह गर्ने सहमति भएको थियो तर यो कुरा उनकी छोरीलाई थाहा भएन, न त उनले कहिल्लै दुलाहलाई देखेकी नैं थिइन ।

जब विवाह उत्सव चलिरहेको थियो तब उनले विवाह गर्न इन्कार गरिन । दुवै पक्षका मानिसहरूले उनलाई सम्झाउन चाहे तर उनले मानिनन् । जानकारी प्राप्त भएको बेला प्रहरी गाउँमा पुग्यो । दुवै परिवारलाई सम्झिाउने प्रयास गर्यो विशेष रुपमा दुलहीलाई तर उनले मानिनन् । केटीले नमानेपछि केटापक्ष रित्तो हात फर्कनुपर्यो । केटीका अनुसार आफुले विवाह गर्न लागेको केटा आफुभन्दा धेरैं उमेरको भएको हुनाले उनले विवाह गर्न नचाहेकी हुन् । एजेन्सी

सम्बन्धित खबरहरु