काठमाडौं । झण्डैं २४ दिन लामो अनसन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीले हिजो शुक्रबार अनसन तोडेका छन । डाक्टर विरुद्ध अनसन बस्ने युवा विजय थापाले पनि अनसन शनिबार अनसन तोडेका छन् । काठमाडौं महानगरपालिका २० स्थित भिमासेनथान बस्ने ३ वर्षीया अकिया नगरकोटी र जनकपुर उपमहानगरपालिका ४ स्थित हंसपुर बस्ने ५५ वर्षीय बेचेन यादवको हातबाट जुस पिएर उनले आफ्नो अनसन तोडेका हुन । थापा शिक्षण अस्पताल महाराजगन्जमा २३ दिनदेखि अनसनरत थिए ।

सम्बन्धित खबरहरु