काठमाडौं । पछिल्ला दिनहरुमा लगातार एक पछि अर्को भुकम्पको धक्का महशुस भइरहेको छ । यो बिचमा हिजो पाकिस्तान र अफगानस्तानको सीमाक्षेत्रमा शक्तिशाली भुकम्पको धक्का महशुस गरिएको छ । भुकम्प ५.८ रेक्टर स्केलमा रहेको तर यसले कुनैं पनि मानविय क्षती नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

इस्लामाबादमा पाकिस्तान मौसम विज्ञान विभागको राष्ट्रीय भूकम्प निगरानी केन्द्रका अनुसार, भूकम्पको केन्द्र हिन्दू कुश पर्वत नजिक भएको थियो,जुन पाकिस्तान र अफगानस्तानको सीमाक्षेत्रमा रहेको छ । अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा २०८ किलोमिटरको गहिराइमा ५.८ रेक्टर स्केलको धक्का महशुस गरिएको मापन केन्द्रले जनाएको छ ।

पाकिस्तानमा प्रकाशित हुने डन न्यूजले पाकिस्तानका विभिन्न इस्लामाबाद, रावलपिडी, लाहोर, कोहट, स्वाट, म्यानवाली र सर्गौदा समेत अन्य धेरैं शहरहरुमा धक्का महशुस गरिएको जनाएको छ । यो भन्दा पहिले भारत र चीनको सीमाक्षेत्रमा शक्तिशाली दुई भुकम्पको धक्का महशुस गरिएको थियो । नेपाल लगायत एसियाली देशहरुमा जुनसुकैं बेलामा पनि ठुलो भुकम्प आउँन सक्ने भुर्गविदहरुको दावी छ । एजेन्सी

सम्बन्धित खबरहरु