काठमाडौं । नेपाली खेल क्षेत्रमा लगातार भइरहेको प्रगतिप्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुःशी व्यक्त गरेका छन । नेपाली क्रिकेट टोलीले यूएईमा सम्पन्न टी–२० सिरिजको अन्तिम खेलमा यूएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेकोमा अध्यक्ष प्रचण्डले बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली क्रिकेट टोलीले एकपछि अर्को सफलता हात पार्दै सम्पूर्ण नेपालीहरुमा उत्साह र उमंग जगाएको भन्दै बधाई दिए ।

उनले लेखेका छन, ‘सम्पूर्ण नेपाली क्रिकेट टोलीलाई बधाई दिन चाहन्छु । विश्वस्तरीय प्रतिस्पर्धाहरुमा नेपाली खेलाडीहरुको एकपछि अर्को जितले सम्पूर्ण नेपालीहरुमा उत्साह र उमंग छाएको छ । आगामी दिनमा पनि अझै राम्रो प्रस्तुतिको अपेक्षासहित नेपाली क्रिकेट खेलाडीहरुको उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गर्दछु ।’ यस अघि एक वक्तव्य जारी गर्दै उपराष्ट्रपति नन्द बहादुर पुनले पनि नेपाली टोलीलाई बधाई दिएका छन ।

सम्बन्धित खबरहरु