काठमाडौं । हालैं विलासि जीवनशैंलीका कारण राष्ट्रपति विद्यादेवी भण्डारीको जनताले खुलेरैं विरोध जनाएका थिए । सरकारले प्रधानमन्त्रीको निवासका लागि बालुवाटार परिसरमा भव्य महल बनाउने भएको छ । आर्थिक मितव्ययिता अपनाउने घोषित नीतिविपरित सरकारले प्रधानमन्त्रीका लागि महल बनाउन लागेको हो ।

अहिले संरचना अपुग भएको निष्कर्शसहित सरकारले अत्याधुनिक सुविधासम्पन्न ‘प्रधानमन्त्री निवास’ बनाउन मन्त्रिपरिषद्बाट स्वीकृतिसमेत पाइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै इच्छाबमोजिम बालुवाटारमा नयाँ भवन निर्माण गर्न लागिएको सहरी विकास मन्त्रालय स्रोतले जनाएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु