काठमाडौं । चर्चित व्यापारी तथा अहिलेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भुटान भारतको हिस्सा भनेको खबर अहिले चारैंतिर फैंलिएको छ । उनको यो दुस्प्रचारको अमेरिकी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै टाइम म्यागजिनले बताएको हो । गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीसँग भएको ब्रिफिङमा उनले नेपाल र भुटानलाई भारतीय भू–भाग बताएको उक्त म्यागजिनले जनाएको छ ।

अधिकारीले म्यागजिनलाई ट्रम्पले दक्षिण एसियाको नक्सा देखाउँदै नेपाल भारतको हिस्सा भएको बताएको जानकारी दिए । अधिकारीले नेपाल एक स्वतन्त्र देश भएको जानकारी दिँदै भूटान त तपाईंलाई थाहा छ नि भनेर देखाए तब उनले भुटान पनि भारतीकै भूभाग भएको बताए । एउटा शक्तिशाली देशको उच्च ओहोदामा बसेको व्यक्तिलाई यत्ति सामान्य कुरा जानकारी नहुँनु अमेरिकीहरु इतिहासको अध्यनमा धेरैं पछाडी छन भन्ने थाहाँ हुन्छ ।

दुई गुप्तचर अधिकारीले टाइम म्यागजिनलाई भने, ‘उनका सल्लाहकाले असहमती जनाएपछि ट्रम्प उनीहरुसँग रिसाएका थिए ।’ गुप्तचर संस्थाहरुसँग बढ्दो दुरी र द्वन्द्वका बीच ट्रम्पलाई नेपाल र भुटानलाई स्वतन्त्र मुलुक रहेको सम्झाउनुपरेको उच्च अधिकारीलाई उद्धृत गर्दै टाइमले बताएको छ । अहिले उनको नेपनलीहरुले खुलेरैं विरोध गरेका छन भने कतिपयले उनी व्यापारी भर्एका हुनाले सबैं कुरामा ज्ञान नहुनु स्वभाविक भएको प्रतिकृया जनाएका छन । एजेन्सी

सम्बन्धित खबरहरु