काठमाडौं । पछिल्ला दिनहरुमा सबैं पुस्ताका बिचमा चर्चामा रहेको फेसबुक स्थापना भएको चौंध वर्ष पूरा भएको छ । फेब्रुअरी ४ सन् २००४ मा मार्क जुकरबर्गसहित उनको टिमले सामाजिक सञ्जाल फेसबुकको स्थापना गरेका थिए । उनका कक्षाका साथीहरु एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमसँग मिलेर फेसबुकको स्थापना गरेका थिए ।

साथीहरुसँगको सहकार्यमा खोलिएको फेसबुकका विश्वमा यति धेरै प्रयोगकर्ता होलान् भनेर जुकरबर्गले सुरुमा त सोचेका पनि थिएनन् । त्यही भएर त उनी भन्ने गर्छन्, टिमवर्कले काम सफल बन्छ । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा लञ्च गरिएको फेसबुकको मुख्यालय भने अमेरिकाको क्यालिफोर्नियास्थित मेन्लो पार्कमा छ । मासिक रुपमा सक्रिय रहने फेसबुक प्रयोगकर्ताको संख्या अहिले दुई अर्ब बीस करोड पुगेका छन् । ‘म्यासेन्जर’ र ‘वाच’ पनि फेसबुकको आफ्नै उत्पादन हुन ।

फेसबुकले प्रत्यक्षरुपमा तीस हजार भन्दा बढीलाई रोजगार दिएको छ । विश्वव्यापी रुपमा यसको प्रयोग बढ्दै गए पनि केही देशमा भने यसको प्रयोग बन्देज गरिएको छ । चीन, इरान, उत्तर कोरिया र बङ्गलादेशलगायत अन्य केही देशहरुमा फेसबुक प्रयोगमाथि समय समयमा हस्तक्षेप लगाउने गरिएको छ । अझैं पनि फेसबुक प्रयोगकर्ताहरुको संख्या हरेक दिन बढ्दैं गइरहेको छ । एजेन्सी

सम्बन्धित खबरहरु