काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा हाततयिार सहित पक्राउ पर्नेहरुको संख्या बढ्न थालेको छ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका, ५ मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले सोमबार हतियारसहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका, ५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय विशाल गुरुङ छन् ।

उनीहरुको साथमा चाइनिज पेस्तोल र सात राउड गोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम महतोले जनाए । विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको स्थानमा प्रहरीले शङ्का लागि खानतलासी गर्दा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु